कनकाई अनलाईन
नेकपा एमालेका जिल्ला अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा एमाले अध्यक्षमा दिपक कार्की सर्वसम्मत जिल्ला अध्यक्ष चयन हुनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) झापाको १० औं अधिवेशनबाट अध्यक्षमा दिपक कार्की सहितको टिम सर्वसम्मत भएको हो । शुक्रवार र शनिवार बिर्तामोडमा भएको पार्टीको अधिवेशनले अध्यक्षमा कार्कीलाई चयन गरेको छ ।
त्यसैगरी अधिवेशनले उपाध्यक्षमा प्रेम गिरी, सचिवमा शिव ढुङ्गेल, उप–सचिबमा चन्द्रा श्रेष्ठ, र असारु राजवंशीलाई सर्वसम्मत निर्बाचित गरेको पार्टीका केन्द्रीय सदस्य रविन कोइरालाले जानकारी दिनुभयो । कार्की यसअघि संविधान सभाको निर्वाचित सदस्य रहनुभएको थियो । पछिल्लो समय कार्की पार्टीमाा भुमिका विहिन अवस्थामा समेत रहनुभएको थियो ।
पार्टीको एकसय ५० सदस्यीय बन्ने झापा जिल्ला कार्य समितिमा संघीय क्षेत्रगतका आधारमा एउटा क्षेत्रबाट एक÷एकजना, प्रादेशिक क्षेत्रबाट २ जनाका दरले १० वटाबाट २० जना, स्थानीय पालिकाको तर्फबाट जनसंख्या र पार्टी सदस्यताको आधारमा प्रत्येकबाट ३ वा ४ जना, समावेशीतर्फ अल्पसंख्यक, आदिवासी जनजाती, दलित, सिमान्तकृत, मुस्लिम, ब्यवसायी, सञ्चारकर्मी, शिक्षक तथा प्राध्यापक, इन्जिनियर, सहकारी, युवा बिद्यार्थी तथा खेलकुद र खुल्ला क्षेत्रबाट गरेर २८ जनासहित एकसय ५० जनाको झापा जिल्ला कमिटी बन्ने केन्द्रीय सदस्य कोइरालाले जानकारी दिनुभएको छ ।