Kanakai Online

कोटीहोमको बौद्ध गुम्बामा बन्यो मायादेवि पोखरी


शनिवार, पौष २४, २०७८ |

कनकाई अनलाईन
झापाकै पहिलो बौद्ध गुम्बा साङाक छयोलिङ बौद्ध गुम्बामा कनकाई नगरपालिका र स्थानीय वौद्धधम्बालम्बीहरुको सहयोगमा मायादेवि पोखरी र बौद्धको मुर्ति स्थापना गरिएको छ ।
कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल र कनकाई नगरपालिका ४ का वडाअध्यक्ष तथा नगरका प्रवक्ता समेत रहनुभएका गोविन्दप्रसाद पौडयालले विशेष कार्यक्रमका विच बौद्ध गुम्बा परिसरमा रहेको उक्त मायादेवि पाखरी र बौद्ध मुर्तिको उदघाटन गर्नुभएको हो ।

मायादेविको मन्दिर विचमा रहेको वौद्धमुर्ति भने स्थानीय समाजसेवी जसमाया तामाङले निर्माण गरिदिनुभएएको र मायादेवि पोखरी भने कनकाई नगरपालिकाका र वौद्ध धर्मालम्बीहरुको सहयोगबाटै निर्माण गरिएको साङाक छयोलिङ बौद्ध गुम्बाका सचिव समेत रहनुभएका कलाकार चेतन योञ्जनले बताउँनभयो ।
उक्त मायादेवि पोखरी र बुद्धको मुर्तिको धार्मिक विधिअनुसार बौद्ध रिम्पोन्सेद्धारा उदघाटन गरिएको हो । सोही अवशरमा बौद्धिक विधिअनुसार पुजापाठ गरि पित्तलबाट निर्मित बुद्ध चित्त प्राप्त गर्ने भाडोको सामेत समुदघाटन गरिएको छ । वुद्ध धर्म अनुसार उक्त चित्त प्राप्तमा जो कोहीले ढिक्का पैसालाई भाडामा हाल्न सकेमा बुद्ध चित्त प्राप्त हुने जनविश्वास गरिएको छ ।
मन्दिर व्यावस्थापन समितिका अध्यक्ष अम्बिका बम्जनको अध्यक्षतामा भएको कार्यक्रममा नगरप्रमुख राजेन्द्रकुमार पोखरेल,वार्डअध्यक्ष गोविन्द्र प्रसाद पौडयाल, नेपाल आदिवाशी जनजाति महासंघका जिल्ला अध्यक्ष भरतकुमार श्रेष्ठ, सुरुङ्गा बजार व्यावस्थापन समितिका सहसचिव तथा फ्रेडस ग्रुप नेपाली मंञ्चका अध्यक्ष गोविन्द सुवेदी लगायातले शुभकामना मन्तव्य राख्नु भएको थियो ।