Kanakai Online

समाजवादीको युवा संघ झापाले बाँड्यो वालबालिकालाई न्यानो कपडा


बिहिवार, पौष २२, २०७८ |

कनकाई अनलाईन

कमल । नेकपा (एकीकृत समाजवादी )पार्टीको भातृ संगठन युवा संघ नेपाल झापाको आयोजनामा पुस २२ गते कमल गाउँपालिका वडा नं २ मा अवस्थित नरेन्द्र जनता माविमा न्यून आय भएका परिवारको बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ ।

पार्टीका जिल्ला सचिब मणि भण्डारीको प्रमुख आतिथ्यतामा बितरण गरिएको थियो ।

संचालक समितिका रामबहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको बिशेष अतिथि प्रधानाध्यापक गंगा प्रसाई रहेका थिए ।

सो कार्यक्रममा युवा संघ झापा इन्चार्ज खगेन्द्र बाराकोटी, जिल्ला अध्यक्ष सुनिल थापा, सचिब प्रतीक राजबंशी, नगर अध्यक्ष पूर्ण श्रेष्ठ, सहायक प्रअ निर्मल गड्तौला, अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य हरी पराजुली लगायतको उपस्थिति रहको थियो ।

युवा संघले न्यून आय भएका गरिब तथा बिपन्न परिवारका बालबालिकालाई न्यानो कपडा वितरण गर्ने अभियान संचालन गरेको जिल्ला सचिब प्रतीक राजबंशीले जानकारी दिएका छन् । यसै अभियान अन्तरगत झापा र कमल गाउँ पालिकामा पनि भोलि कार्यक्रम राखिएको छ ।