Kanakai Online

प्रजातान्त्रिक आन्दोलनका सेनानी तुर्सा हेमरमको स्मृति कनकाईमा


बुधवार, पौष २१, २०७८ |

कनकाई अनलाईन
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सवै दलका शीर्ष नेताहरुको वेथितिका विरुद्ध जनताले आवाज वुलन्द पार्नुपने बताउँनुभएको छ ।
नेता शर्माले प्रजातान्त्रिक आन्दोलनका नेता तुर्सा हेमरमको २४ औ स्मृतिसभालाई मंगलवार झापाको कनकाई नगरपालिका १ मा सम्बोधन गर्दै उहाँले कांग्रेस पार्टी रुपान्तरण हुदा त्यससको अनुभुति सबै देशवाशीले गर्नु पाउनुपर्ने बताउँनुभयो । राजनिति सदभाव र एकअर्काप्रतिको सहयोग सदभाव सहयोग र व्यावहार परिवर्तन गरेर मात्रै देशमा राजनितिप्रति सबैको आकर्षण वढाउन सकिने नेता शर्माले बताउँनुभयो । कांग्रेस रुपान्तरणको जिम्वेवारी हाम्र्रो काधमा छ भन्दै नेता शर्माले व्यवस्था परिवर्तन सगै जनताको अवस्था पनि परिवर्तन आवश्यक भएको बताउँनुभयो ।

बीपी कोइरालासगै प्रजातान्त्रिक आन्दोलनमा होमिएका तुर्सा हेमरमको २४औ स्मृति दिवसको अवसरमा प्रमुख अतिथिका रुपमा बोल्दै नेता शर्माले तुर्सा हेमरमसँगै संघर्ष गरेका प्रजातान्त्रिक आन्दोलनका योद्धा, शहीदहरुले पनि सामाजिक रुपान्तरणको सपना देखेको बताउँदै नेता शर्माले सन्थालसँगै पछाडि पारिएका जातजातिको राज्यको हरेक संयन्त्रमा सहभागिता जरुरी रहेको बताए । अब परिवर्तन र रुपान्तरणका लागि कसैले रगत बगाउनु नपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य सुशीला ढकालले तुर्सा हेमरमको जीवनशैली अत्यन्तै साधारण भए पनि चेतनाका हिसाबले अगाडि रहेको बताउनुभयो । नेपाली कांग्रेस झापाका पूर्व सभापति पूर्णानन्द शर्माले तुर्सा हेमरम सबैभन्दा त्यागी नेता भएको स्मरण गर्दै तत्कालीन शासकहरुले जस्तोसुकै यातना दिँदा पनि प्रजातान्त्रिक बिचारबाट कति पनि बिचलित नभइ निरन्तर प्रजातन्त्रको पक्षमा लडेको बताउनुभयो ।

अग्रज नेता डिल्ली सिटौलाले तुर्साले देखाएको बाटोमा हिँडेर निरन्तर पिछडिएका जातजाति र वर्गको पक्षमा बोल्नुपर्ने धारणा राख्नुभयो । नेपाली कांग्रेस झापाका उपसभापति केशवराज पाण्डेले तुर्सा स्मृति प्रतिस्ठानलाई सन्थाल जातिसहित लोपोन्मुख र अल्पसंख्यक जातजातिको आशाको केन्द्र बनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा संविधानसभा सदस्य तथा माओवादी नेता मोहन टुडुले सन्थाल जातिलाई शिक्षाको पहुँचमा पु¥याएर उनीहरुको जीवनस्तर सुधारका लागि काम गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल लगायातले तुर्सा हेमरम सबै नेपालीका लागि साझा व्याक्तित्व रहेको बताउँनुभयो । सोही कार्यक्रममा संन्थाल जातिको लोकप्रिय खेलहरु धनुषकाड, छेलो हान्ने, हाईजम्प लगायातका विविध खेलकुद प्रतियोगिताको आयोजना गरि बिजयी तथा उपबिजयी सन्थाली खेलाडीलाई कांग्रेस महामन्त्री शर्माले पुरस्कार प्रदान गर्नुभएको थियो । तुर्सा हेमरम तत्कालिन कांग्रेसका सर्वमान्य नेता विपि कोइरालाका विश्वासपात्र रहनुभएको थियो । उहाँको स्मृतिमा हरेक वर्ष प्रतिष्ठानको आयोजनामा स्मृति सभाको आयोजना गरिदै आएको प्रतिष्ठानका सचिव कुमारमणि पोखरेलले बताउँनुभयो ।