कनकाई अनलाईन
फक्तालुङ्ग बालक्लबले मुटु र फोक्सो रोग पीडित बालिकाको उपचारका लागि आर्थिक सहयोग गरेको छ ।
कन्काई नगरपालिका ७ मा रहेको फक्तालुङ्ग एजुकेसन फाउन्डेसनमा कक्षा ६ मा अध्ययनरत छात्रा उर्मिला रम्तेललाई क्लबले नगद १७ हजार नगद सहयोग गरेको बिद्यालयका संस्थापक प्रध्यानाध्यापक ओम बिक्रम नेम्वाङले जानकारी दिए ।
आर्थिक अवस्था कमजोर रहेको रम्तेलको परिवारलाई बिद्यालय परिषरमा सो रकम प्रदान गरिएको हो । पीडित बालिकाको उपचारको लागि ठूलो रकम खर्च हुने भएकाले आर्थिक सहयोग गरिदिन परिवारले आग्रह गरेको छ।