Kanakai Online

दक्षिणी घेराबारीमा कनकाई लायन्स र सहाराको स्वास्थ्य शिविर


सोमवार, भदौ ५, २०७४ |

कनकाई अनलाईन ।
मानवसेवामा समर्पित कनकाई लायन्स र सहारा नेपाल  साकोस विर्तामोडको सयुक्त आयोजनामा आज वाढी प्रभावित दक्षिणी झापाको कचनकवल गाउँपालिका घेरावारीमा एकदिने निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

 
स्थानीय बुद्ध निमन माध्यमिक विद्यालयमा आयोजित स्वास्थ्य शिविरमा नाक , कान घाटी , छाला , जनरल फिसिसियन , हार्डजोर्नी लगायातका विशेषज्ञ डाक्टरहरुले चेक जाँच गर्नुका साथै निशुल्क औषधि वितरण गरिएको थियो । शिविरमा ४०० भन्दा वढी विरामीको स्वास्थ्य चाँच गरिएको आयोजक कनकाई लायन्स क्लवका अध्यक्ष सुरेन्द्र प्रधानले बताउँनुभयो ।

 
 
 
विएण्डसी हस्पिटल विर्तामोडको डाक्टरसहितको प्राविधिक सहयोग रहेको स्वास्थ्य शिविरमा कनकाई लायन्स क्लवमा आवद्ध डाक्टरहरुको समेत सहभागिता रहेको थियो । शिविरमा आउनेमध्ये वढी मात्रमा हार्डजोर्नी , नशा , छाला र ज्वरो रुघामर्कीका विरामी फेलापरेको प्रधानले बताउँनुभयो ।

 
 
 
स्थानीय अदुवा खोलाको वाढी पसेर अस्तव्यस्तपुर्ण जिवनयापन गरिरहेका त्यहाँका वाढीपिडितलाई लक्षित गरि गरिएको स्वास्थ्य शिविरमा २ लाख मुल्य बरावरको विरामीलाई निशुल्क औषधि वितरण गरिएको थियो । कनकाई लायन्सले एकसातादेखि नियमित झापाका विभिन्न स्थानका वाढीपिडितलाई राहतवितरण र स्वास्थ्य शिविर चलाउदै आएको लायन्स क्लव अफ कनकाईका संस्थापक अध्यक्ष लीलाप्रसाद चिमरियाले बताए ।
 
स्थानीय अदुवा खोलाको वाढी पसेर अस्तव्यस्तपुर्ण जिवनयापन गरिरहेका त्यहाँका वाढीपिडितलाई लक्षित गरि गरिएको स्वास्थ्य शिविरमा २ लाख मुल्य बरावरको विरामीलाई निशुल्क औषधि वितरण गरिएको थियो ।

सम्बन्धित खबर