Kanakai Online

शरणामतीमा राहत र स्वास्थयकर्मी लिएर गैडा आएपछि ………


सोमवार, भदौ ५, २०७४ |

 
लीलाराज झापाली/
शरणामती , भदौ ५ गते । दक्षिणी झापा गाउँपालिकाको शरणामतीमा सोबवार विहानैदेखि मानिसहरुको वेग्लै चहलपहल थियो । उनीहरुमध्ये धेरै विरामी तथा केहि गत साता आएको वाढीले घरवार विहिन बनेकाहरु थिए ।
गाउँपालिकाका वार्डसदस्य मोहन पोखरेलले अघिल्लैदिन वाढी पिडितमध्ये १७५ जनको सुचि तयार गरी राहत लिन स्थानीय जनता माविमा आउन भनिसकेका थिए भने बाकी घरका सदस्यहरु पनि विरामी भएमा चेकअपका लागि आउन भनिएको थियो ।
सोमबार विहानदैखि शरणामती वजार क्षेत्रमा वालवालिकादेखि वृद्धसमको भीड जम्मा भइसकेको थियो । विहान १० वजे करिव १५ जनाको टिम ब्लाङकेट , झुल , औषधि , डाक्टर लगायातको टोलीमा संम्मीलीत टोलीमा जव चर्चित कलाकारहरु निर्मल शर्मा गैडा , हास्यकलाकार कमल मैनाली , गायक संजय श्रेष्ठ , नायक सुगम गुरागाँई , नायिका ममता प्रधान पर्वतारोही माया गुरुङ लगायातको टोली गाउँलले देखे धेरैले कलाकारको अनुमान लगाएपनि पहिचान गर्न भने सकेनन , सातादिन सम्म वाढीको चपेटामा परेर सास्ती खेपीरहेका यी गाउँलेलाई आफनो गाउँमा यतिका नामचलेका कलाकारहरु राहत लिएर आफैँ आउँछन भन्नेकुरा अनुमान समेत लगाउन सकेका थिएनन ।
तर जव झापा गाउँपालिका ६का वडाअध्यक्ष हरिबहादुर बानियाले परिचय कार्यक्रम राखे पहिले नियमित टेलिभिजन तथा फिल्मका पर्दामा देखिरहेका कलाकारहरुनै राहत र स्वास्थ्यकर्मी लिएर आएको थाहापाएपछि जम्मा भएका सबैले तालीले स्वागत गरे । उपस्थित कतिपय पिडितहरु घरको दुःख विर्सिएर कलाकारहरुसग कुम जोडेर फोटो समेत खिच्न भ्याए ।
एक अर्काका लागि भन्ने फेसबुक कार्यक्रमबाटै संकलित रकमबाट अभियान्ता संचारकर्मी प्रभात रिमाल लगायातको पत्रकार तथा सिनेकर्मीको टोलीले यो राहत सहित स्वास्थ्यकर्मीको टोली सोमवार शरणामती पुगेको थियो ।
जसमा डाक्टर किरण आचार्य , निल पाण्डे सहितको स्वास्थकर्मीको टीमले दिनभर वाढीपिडितको स्वास्थ्य जाच गरेको थियो भने निर्मल शर्मा , संचारकर्मी प्रभात रिमाल लगायातको टोलीले पिडित परिवारका लागि राहत सामाग्री वितरण गरेको थियो ।
लामोसमय वाढीवाट पिडित बन्नुपर्दा ज्यादै उदास देखिएका सर्वसाधरण यसरी नामचलेका र आफुले मनपराएका कलाकारहरुलसग केहिछिन देखभेट गर्नपाउदा ज्यादै खुसी देखिन्थये ।
गत वर्ष भुकम्पका वेला संचारकर्मीले फेसबुकमा १० हजार रुपैँया सहयोगको घोषणा गरेर सुरु गरेको यस अभियानले यसवर्ष समेत रिमालले पुन १० हजार रुपैँया आफुले दिएर एक अर्काका लागि सहयोग संकलनका लागि आव्हान गर्नु भएको थियो जुन फेसबुक अभियानमा ३ दिनमै १० लाख सहयोग रकम संकलन भएको रिमालले वताउँनुभयो ।
जुन रकमबाट कपडा , औषधि , झुल लगायातका राहत सामाग्री लिएर १४ जनाको टोली वाढी पिडितको क्षेत्र पुर्वी तराई झरेको हो । सप्तरी , विराटनगर हुदैँ झापा आएको यो टोली अव चितवन जाने अभियानका संयोजक प्रभात रिमालले बताउँनुभयो ।
हामीले चाहाना गर्नु र तत्परतामात्रै देखाउनेहो भने देशवाशीलाई आपत परेका वेला विदेशीहरुको सहयोगको याचना गर्नु प्रदैन हामी नेपाली दाजुभाइले जुटाएको सहयोगनै काफी छ भन्ने शंन्देश दिन यो क्यापिङ्ग चलाइएको मुख्य योजनाकार रिमालले बताउँनुभयो ।
 
जव झापा गाउँपालिका ६का वडाअध्यक्ष हरिबहादुर बानियाले परिचय कार्यक्रम राखे पहिले नियमित टेलिभिजन तथा फिल्मका पर्दामा देखिरहेका कलाकारहरुनै राहत र स्वास्थ्यकर्मी लिएर आएको थाहापाएपछि जम्मा भएका सबैले तालीले स्वागत गरे ।
फोटो  शरणामतीमा राहत वाढदै निर्मल शर्मा गैडा संचारकर्मी रिमाल लगायात / लीलाराज झापाली

सम्बन्धित खबर