कनकाई अनलाईन
सुरुङ्गा कनकाई बचत तथा ऋण सहकारी संस्थाको १० औ वार्षिक साधरणसभा सम्पन्न भएको छ ।
कनकाई नगरपालिकाकी उपप्रमुख मन्जु प्रसाईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थाका अध्यक्ष लक्ष्मीप्रसाद पाठकले संस्थामा हाल १३९७ जना शेयर सदस्य रहेको र यस आर्थिक बर्षमा ३३ करोड ६८ लाख ६९ हजार ६ सय ३० रुपैँया बराबरको आय व्याय गदै संस्थाले खुद ११ लाख ८७ हजार वढी नाफा गर्न सफल बनेको जानकारी दिनुभयो । साथै संस्थाले आगामी दिनमा असर ऋणि र उत्कृष्ट विद्यार्थी लगायातलाई सम्मानको कार्यक्रमलाई निरन्तता दिने समेत बताउँनुभयो ।
कार्यक्रममा बोल्दै कनकाई नगरपालिकाकी उपप्रमुख मन्जु प्रसाईले सहकारीको माध्यमबाट समाज सुधार र क्रान्तिकारी सचेतनामा समेत अभिवृद्धि भएको भन्दै कनकाई सहकारीको भुमिका समेत अतुलनीय रहेको बताउँनुभयो । सहकारीले महिलाको आय आर्जनमा मुख्य भुमिका खेलेको भन्दै सहकारीको कामको खुलेर प्रसंसा गर्नुभयो । कार्यक्रममा बोल्दै सहकारी विभाग कनकाईका प्रमुह हरिप्रसाद पौड्याल,कनकाई ३ का वडाअध्यक्ष रुद्रप्रसाद चिमरिया, २ का वडाअध्यक्ष परशुराम गिरी, कनकाई सामुदायिक वन समुहका अध्यक्ष ख्याम ओली, भीमसेन वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नरेन्द्रप्रसाद श्रेष्ठ, भगवती वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लीलादेवि शिवाकोटी लगायातले शुभकामना राख्नुभएको थियो । संस्थाका उपाध्यक्ष कमल मैनालीले स्वागत गरेको कार्यक्रमको संचालन सचिव श्याम पौडेलले संचालन गर्नुभएको थियो ।