Kanakai Online

सुकेडाँगी सामुदायिक वनको २६ औ साधरणसभा


बिहिवार, मंसिर २३, २०७८ |

कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका २ स्थित सुकेडाँगी सामुदायिक वन उपभोक्ता समुहको २६ औ साधरणसभा सम्पन्न भएको छ ।
वन समुहकी अध्यक्ष शान्ता घिमिरेको सभापतित्व तथा सचिव गोमादेवि निरौलाको संचालनमा भएको साधरणसभामा कोषाध्यक्ष आइपी भट्टराईले स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले अवका दिनमा वन समुहले काठ दाउराको विक्रीबाट मात्रै वन विकास संरक्षण र ठाउँको विकास नहुने भन्दै पर्यापर्यटन लगायातको वैकल्पिक मार्ग खोज्न र यसका लागि आफुहरु सहयोग गर्न तयार भएको बताउँनुभयो ।

कनकाई नगरपालिका क्षेत्रका सबै सामुदायिक वन समेतको सहभागितामा एकिकृत पर्यटनको गुरु योजना बनाएर अगाडि वढन आफुहरु तयार भएको समेत जानकारी कार्यक्रममा नगरप्रमुख पोखरेलले जानकारी दिनुभयो । कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएका कनकाई नगरपालिका २ का वडाअध्यक्ष परशुराम गिरीले बोल्दै वनले काठ दाउरा विक्री गरेर विकास गर्छु भन्नु वन विनास मात्रै हुने भन्दै विकासका लागि वन समुहको एकमात्र आधार पर्यापर्याटन रहेको बताउँनुभयो । कार्यक्रममा बोल्दै गिरीले सरकारले गाउँगाउँमा सिंहदरबार आएको भनेपनि वास्तमा यसो हुन नसकेको भन्दै गुनासो गर्नुभयो ।

भएका अधिकार र स्रोत केन्द्र, प्रदेश र नगरमा समेत नगरको केन्द्रमा राखेर वार्डलाई स्रोत र अधिकार विमुख बनाइराखिएको वार्डअध्यक्ष गिरीले बताउँनुभयो ।
कार्यक्रममा बोल्दै कनकाई सवडिभिजन वन कार्यालयका प्रमुख दिनेशकुमार यादव, सामुदायिक वन उपभोक्ता महासंघ कनकाईका अध्यक्ष दधिराम पोखरेल, सुकेडाँगी सामुदायिक वन उपभोक्ता समुहका पुर्व अध्यक्ष भक्तबहादुर पौडेल, गैडे सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष नरबहादुर थपलिया, कनकाई फनपार्कका एलसी श्रेष्ठ लगायातले वनसमुहले वैकल्पिक आय आर्जनको बाटो अबलम्बन गर्नुको विकल्प नरहेको ।

यस क्षेत्रमा वढ्दो वन चोरी तस्करी रोक्नका लागि नागरिक, उपभोक्ता र प्रहरी साझेदारी आवश्यक रहेकोमा जोड दिनुभयो ।
कार्यक्रममा बोल्दै वन समुहकी अध्यक्ष शान्ता घिमिरेलले आर्थिक वर्ष २०७८÷७९ मा अनुमानित ६६ लाख, ६१ हजार ४ सय ७१ रुपैँयाको आयव्याय प्रस्तुत गर्नुभयो । घिमिरेले उपभोक्ताको सुविधालाई ध्यानमा राखेर उन्नत नश्लका पशुको व्यावस्था, वन संरक्षणको आधुनिक व्यावस्था, उपभोक्ताकोमा दुख्ख पर्दा घरमा समवेदना लिएर जाने, विपन्नको जिविको पार्जनका लागि आयमुलक कार्यक्रम, वन समुहको दिगो आय आर्जनका लागि स्थायी पर्यापर्यटन लगायातको वार्षिक कार्यक्रम पेश गर्नुभएको छ ।