लीलाराज झापाली
झापाबजार , भदौ ४ गते । दक्षिणी झापा गाउँपालिकाका वाढी पिडितहरुमा छाला सम्बन्धि समस्या देखा पर्न थालेको छ ।
झापा गाउँपालिकाको वाढी प्रभावित ७ वटै वार्डमा अहिले स्वास्थ्य शिविरहरु संचानमा रहेका छन ।
पछिल्लो एकसातासम्ममा ७ वटै वार्डमा चलाइएका स्वास्थ्य शिविरमा आउने विरामी मध्ये ७० प्रतिशतमा छालाको समस्या देखापरेको झापा गाउँपालिकाका स्वास्थ्य संयोजक तथा कामाटोली स्वास्थ्य चौकीका प्रमुख प्रेम न्यौपानेले बताउँनुभयो ।
वाढीपिडितमा छालाको रोग डरमाटाइटिस , छालाको एलर्जी , लुतो लागायतका समस्या देखा पर्न थालेका छन छालारोगपछि धेरै वाढीपिडितहरुमा रुघाखोकी र ज्वरोको समस्यादेखा परेको न्यौपानेले वताउँनुभयो ।
हाल झापाको सवैभन्दा वढी वाढी प्रभावित रहेको झापा गाउँपालिकामा जिल्ला जनस्वास्थ्य , रेडक्रस सोसाइटी , आमदा नेपाल लगायातका विभिन्न जिल्लाका निजि अस्पतालहरुको समन्वयमा दैनिकजसो अलग अलग स्थानमा पुगि स्वास्थ्य शिविर संचालन भइरहेको छ । कामाटोल बजार , शिमलवाडी प्रावि , जनकाल्याण मावि , मदरगाछी बजार , जनता मावि शरणामती , भामटोली सुकुम्बासी वस्ती , सडकवारी , वेलायतीवारी , चौधरीटोल लगायातका स्थानमा स्वास्थ्य शिविर संचालन गरि ३ हजार वडी वाढी पिडितलाई शिविरबाट चेकजाच तथा निशुल्क औषधि तथा पानी शुद्धिकरण गर्ने क्लोरिन चक्की वितरण गरिएको छ ।
सो गाउँपालिकामा विस्तापितहरु धेरै घरमा फर्के पनि धेरैको घरमा वस्नसक्ने अवस्था नरहेको तथा सुत्न र खानका लागि खानेकुरा र पिउनेपानीको समेत समस्या रहेको ससस्त्र प्रहरी वल टाघनडुब्वाका प्रमुख ससस्त्र प्रहरी निरिक्षक हरित वडुवालले वताउनुभयो ।
फोटो ः कामाटोली स्वास्थ्य चौकीमा वाढी पिडितका लागि राखिएको स्वास्थ्य शिविरमा उपचार गराउनेहरुको भीड ः लीलाराज झापाली