Kanakai Online

दिलमाया स्मृति कप झापा ६ फाइनलमा प्रवेश


बिहिवार, मंसिर २३, २०७८ |

कनकाई अनलाईन
शिवसताक्षी । शिवसताक्षीमा जारी दिलमाया स्मृति सुप्पर ८ को खेलमा झापा ६ फाइनलमा प्रवेश गरेको छ ।

विहीबार आज भएको अन्तिम सेमीफाइनल खेलमा कनकाई ५ लाइ १–० गोल अन्तरले हराउँदै झापा ६ फाइनलमा प्रवेश गरेको हो । यो सँगै फाइनल खेल शिवसताक्षी ११ झापा ६ बीच हुने पक्का भएको आयोजक समिति नेपाल खेलकुद महासंघका संयोजक सुनिल भेटवालले बताउँनुभयो ।

झापाका तर्फबाट खेलको पहिलो हाफको इन्जुरी समयमा पाएको पेनाल्टीको सदुपयोग गर्र्र्दै जर्सी नं। १३ सुजन पौडेल गोल गर्न सफल भए । डिभक्स भित्रको बल बचाउन खोज्दा कनकाईका खेलाडीसँग हेन्ड भएर पेनाल्टी पाएको थियो ।

खेलको म्यान अफ दी म्याच झापा ६ का सुजन पौडोल घोषित भए । उनले नगद २५०० प्राप्त गरे ।

खेलको विजेता टिमले २ लाख २५ हजार प्राप्त गर्ने छन् भने उपविजेता टिमले नगद १ लाख २५ हजारसहित शिल्ड, मेडल प्रमाणपत्र प्राप्त गर्ने आयोजक नेपाल खेलकुद महासंघले जनाएको छ ।
शनिबारको फाइनल खेल शिवसताक्षी ११ र झापा गाउँपालिका ६ बीच आयोजक नेपाल खेलकुद महासंघले जनाएको छ । यसस क्षेत्रका माननीय एलपी साँबा लिम्बुको माताको स्मृतिमा झापा क्षेत्र नम्बर ४ स्तरीय वार्डस्तरीय फुटबल खेलको आयोजना गरिएको हो ।

सम्बन्धित खबर