कनकाई अनलाईन
शिवसताक्षीमा जारी दिलमाया स्मृति सुप्पर ८ को खेलमा शिवसताक्षी ११ फाइनलमा प्रवेश गरेको छ ।
शिवसताक्षीको निर्माणधिन दूधे रंंगशालामा जारी कपको बुधबारको पहिलो सेमीफाइनल खेलमा शिवसताक्षी १०लाई १–० गोल अन्तरले हराउँदै गर्दै शिवसताक्षी ११ फाइनलमा प्रवेश गरेको हो ।
खेलको ३ मिनेटमा शिवसताक्षी ११ को तर्फबाट जर्सी नं. १७ का अजेस राई गरेको गोल नै निर्णायाक गोल हुन पुग्यो ।
दुवै तर्फबाट प्रतिश्पार्धामत्क खेल भएपनि वडा १० ले कुनै पनि गोल गर्न सकेन । दुवै टिमका खेलाडीहरुले थुप्रै गोल गर्ने अवसर गुमाए ।
शिवसताक्षी १० का जर्सी नं. ७ का पवन राईले डिबक्स भित्रबाट प्रहार गरेको बल किप्परलाई विट गर्दा पनि शिवसताक्षी ११ का जर्सी नं. २ का जेरन राईले बचाउन सफल भएका थिए ।
खेलको म्यान अफ दी म्याच शिवसताक्षी ११ का जेरन राई घोषित भए । उनले नगद २५०० प्राप्त गरे ।
खेलको विजेता टिमले २ लाख २५ हजार प्राप्त गर्ने छन् भने उपविजेता टिमले नगद १ लाख २५ हजारसहित शिल्ड, मेडल प्रमाणपत्र प्राप्त गर्ने आयोजक नेपाल खेलकुद महासंघले जनाएको छ ।
भोली विहीबार हुने अन्तिम सेमीफाइनल खेल कनकाई ५ र झापा गाउँपालिका ६ बीच हुने आयोजक नेपाल खेलकुद महासंघले जनाएको छ । यस क्षेत्रका संघिय सांसद एलपीसाँबा लिम्बुको माताको स्मृतिमा झापा क्षेत्र नम्बर ४ भरीका २८ वडाको सहभागितामा यस प्रतियोगिताको आयोजना गरिएको आयोजक समितिका संयोजक सुनिल भेटवालले बताउँनुभयो ।
Trending
- चारतला माथिबाट खसेर मजदुरको मृत्यु
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा