Kanakai Online

झापामा एक्कैदिन डुबेर ३ को मृत्यु


आइतवार, भदौ ४, २०७४ |

 
कनकाई अनलाईन ।
झापामा वाढीले बगाएर मृत्यु हुनेको सङख्या बढेर १९ पुगेको छ । पछिल्लो समय शनिवार झापामा एक्कैदिन बगेर ३ जनाको ज्यान गएको छ ।झापा गाउँपालिका २ हल्वदारवस्तीका ४५ वर्षिय यादव पोखरेल , माहाभारा विर्खेबस्तीकी बिन्दाकुमारी मगर र शिवसताक्षी ८ झिलझिलेका १३ बर्षे बालक दिपेश राईको एक्कैदिन कनकाई माइमा डुबेर मृत्यु भएको हो ।
मृतक मध्ये मगर पोखरेललाई डुबेर मृत्यु भएर निकालीरहेको स्थानमा हेर्न आउनेक्रममा पोखरेल डुबेकै स्थान नजिकै डुबेर मृत्यु भएको थियो । मगरको शव पोखरेलको शवको मुचुल्का बनाउदै गरेका प्रहरीले देखेर नदिबाहिर झिकेको ससस्त्र प्रहरी बल टाघनडुब्बाका प्रमुख प्रहरी निरिक्षक हरित बडुवालले बताउनुभयो । राई भने घरनजिक्कै जमेको पानीमा पौडि खेल्न जादा डुबेर मृत्युभएको हो ।

सम्बन्धित खबर