कनकाई संवाददाता
भद्रपुर , भदौ ३ गते । झापामा आर्थिक वर्ष २०७३÷७४ मा हात्तीको क्षति वापत ३९ लाख ९४ हजार २ सय ५ रुपैया राहत स्वरुप वितरण वितरण गरिएको छ ।
वन्य जन्तु क्षतिपूर्ति नियमावली अनुसार झापामा जंजली हात्तीले ज्यान लिएका परिवार, अंगभंग भएका पीडित तथा बालीनाली नष्ट, घर गोठ क्षति वापत जिल्ला वन कार्यालय झापाले सो रकम वितरण गरेको हो ।
झापामा यस आर्थिक वर्षमा हात्ती आक्रमणबाट ५ जनाको ज्यान गएको छ भने सक्त घाइते ८ जना र सामान्य घाइते २ जना भएको जिल्ला वन कार्यालय झापाले जनाएको छ । जसमा मृतकका परिवारलाई प्रतिव्यक्ति ५ लाखका दरले ५ जनाको परिवारलाई २५ लाख राहत रकम दिइएको छ भने सक्त घाइतेलाई उपचार वापत प्रतिव्यक्ति १ लाखसम्म ८ लाख, घर गोठ क्षति वापत ३५ परिवारलाई बढीमा २० हजारका दरले ५ लाख ८४ हजार ५ सय ३५ रुपैया सम्म क्षेतीपुर्ती दिएको कार्यलयले जनाउको छ ।
यसै गरी सामान्य रुपमा घर गोठ तथा अन्न भण्डारण क्षति वापत प्रति वरिवार बढीमा १० हजारका दरले ८ परिवारलाई ७९ हजार ५ सय, अन्न भण्डार मात्र क्षति भएका ३ परिवारलाई ३० हजार, अन्न बाली नोक्सानी वापत ९ जनालाई ८६ हजार रुपैया वितरण गरिएको छ ।
त्यसै गरि घर गोठ, भण्डारण र अन्न बाली क्षति भएका एक परिवारलाई ३० हजार, घर गोठ र अन्न बाली नोक्सानी हुने एक परिवारलाई १२ हजार क्षतिपूर्ति रकम वितरण गरिएको जिल्ला वन कार्यालय झापाको विवरणमा उल्लेख छ ।
वन कार्यालयको विवरण अनुसार हात्तीको कारण क्षति हुने स्थानहरमा साविक दुवागढी, चन्द्रगढी, गरामनी, पृथ्वीनगर, जलथल, घेरावारी शान्तिनगर,बुधबारे, बाहुण्डाँगी, खुदुनावारी लगाएतका स्थाहरु बढीरहेको पाइएको छ ।