कनकाई अनलाईन
माननीय एलपी साँबा लिम्बु परिवारको स्मृतिमा हुन गइरहेको झापा जिल्ला क्षेत्र नम्बर ४ स्तरीय फुटबल प्रतियोगिताको दोस्रो चरणको सुपर आठ फुटबल प्रतियोगिता यहि मंसिर १७ गतेदेखि हुने भएको छ ।
यसअघि मंसिर १८ गतेदेखि दुधेस्थित रङ्गशालामा हुने भनिएपनि प्राविधिक कारणले खेल एक दिन अगाडि सारिएको मुल आयोजक समिति नेपाल खेलकुद महासंघका खेल संयोजक सुनिल भेटवालले जानकारी दिनुभयो ।
सुपर ८ खेलको उदघाटन समेत संविधानसभाका सभामुख सुबास नेम्बाङ्गबाट हुने तयारी भएको संयोजक भेटवालले जानकारी दिनुभयो ।
उदघाटन खेल शिवसताक्षी ११ र झापा गाउँपालिका ७ विच हुने छ ।
यसअघि झापा क्षेत्र नम्बर ४ का २८ वडाबाट छनौट खेल गरि उत्कृष्ट ८ टिमको छनौट गरिएको थियो । प्रतियोगितामा प्रथम हुने टिमले नगद २ लाख २५ हजार र दोस्रो हुने टिमले १ लाख २५ हजार रुपैँया पाउने छ ।
झापा क्षेत्र नम्बर ४ का संघिय सांसद माननीय एलपीसाँबा लिम्बुको ममतामयी माता दिलमायाको स्मृतिमा यस खेलको आयोजना गरिएको हो ।