Kanakai Online

झापा मेरिगोल्डका विद्यार्थीले बनाएको सन्थाली डकुमेन्ट्री उत्कृष्ट ७ मा


शनिवार, मंसिर ११, २०७८ |

कनकाई अनलाईन
झापा कनकाई नगरपालिका ४ को झापा मेरिगोल्ड इङलिस स्कुलका विद्यार्थीले बनाएको सन्थाली डकुमेन्ट्री देशकै उत्कृष्ट ७ भित्र पर्न सफल भएको छ ।


झापा मेरिगोल्ड स्कुलमा कक्षा ९ मा अध्यानरत् छात्रा तितिक्षा ढकालको निर्माण तथा निर्देशनमा बनेको सन्थाल डकुमेन्ट्रीमा कक्षा ९ कै संदिपा मैनाली, आर्जु कट्टेल, ग्रिमा चुडाल, अरुण खडका यसैगरि कक्षा १० का श्रृजन ढकाल, दिक्षा भेटवाल, सौगात गडतौला, लक्ष्मी ओडारी कक्षा ८ का प्रिन्सा तिम्सिना, आयुस्मा खनाल रविवेक पौडेलको भिडियो सुटिङ, मिक्सिङ, निर्देशन लगायातको काम गरेका छन ।


डकुमेन्ट्रीका लागि ब्रिट्रिस काउन्सिलले एक साताको तालिमको साथै एक लाख ५० हजार रुपैँया फन्ट समेत प्रदान गरेको र यसका लागि देशभरबाट लिइएको आवेदनबाट उत्कृष्ट १० विद्यालयहरुलाई छनौट गर्दा झापाको झापा मेरिगोल्ड समेत छनौट हुन सफल भएको विद्यालयका प्रोजेक्ट संयोजक समेत रहनुभएका शिक्षक सागर लुइटेलले बताउँनुभयो ।

सन्थाल विषयको यस डकुमेन्ट्रीको झापा गाउँपालिका र कनकाई नगरपालिकाभित्र सन्थाल वस्तीहरुमा गएर छायाङ्गन गरिएको र विश्वमा भइरहेको चर्को जलवायु परिवर्तनका कारण सन्थाली समुदायमा कस्तो प्रभाव पारिरहेको छ भन्ने कुरा देखाइएको डकुमेन्ट्रीकी निर्देशक तितिक्षा ढकालले बताइन ।

यस डकुमेन्ट्रीलाई नेपालमा आयोजना गरिने हिमालयन फिल्म फेस्टिवलमा प्रदर्शन गरिने र विश्व जलवायु परिवर्तनको शिखर सम्मेलनमा समेत प्रर्दशनका लागि छनौटको चरणमा रहेको शिक्षक लुइटेलले जानकारी दिनुभयो ।
हालसम्म विद्यार्थीहरुले फिल्म निर्माण सग सम्बन्धित तालिम लिएर आफै फिल्म निर्माण समेत गरेको सम्भवत झापाको यो पहिलो घ

टना भएको दावी गरिएको छ ।
यसैविच देशकै उत्कृष्ट फिल्म निर्माण भनि छनौट हुन सफल भएपछि फिल्मका परिकल्पनाकार लगायात कार्यक्रम संयोजक विद्यालयका शिक्षक सागर लुइटेललाई नगद सहित विद्यालयले सम्मान गरेको छ ।
विद्यालयका पिन्सिपल गोकुल उप्रेती, अध्यक्ष वेनुप्रसाद उप्रेती लगायातले सम्मान गर्नुभएको थियो ।
यस अघि झापा मेरिगोल्डकै विद्यार्थीहरुले कसरी फिल्म निर्माण गरिन्छ भन्ने विषयमा खोज अनुसन्धान र तालिमपछि विट्रीस काउन्सीलकै सहयोगमा २ लाख रुपैँया मुल्य वरावरको फिल्म निर्माण सग सम्बन्धित सामाग्रीहरु समेत विद्यार्थीले प्राप्त गरिसकेका छन ।

फिल्म निर्माणपछि विश्व समुदायमा नेपालको सन्थाली समुदायको रितिरीवाज, भाषा सस्कृति र समस्या पुग्न मद्धत पुगेको र विद्यार्थीहरुमा समेत सानै उमेरमा फिल्म निर्माण र सन्थाल समुदायको समस्याका वारेमा नजिक हुने मौका मिलेको झापा मेरिगोल्डका पिन्सिपल गोकुल उप्रेतीले बताउँनुभयो ।