कनकाई अनलाईन
नेकपा माओवादी केन्द्र कनकाई नगरको अध्यक्षमा यमनाथ सेडाई सर्वसम्मत चयन हुनुभएको छ ।
आज भएको पार्टीको दोस्रो नगर अधिवेशनबाट सेडाईको अध्यक्षतामा ५१ सदस्यीय नगर कमिटि गठन गरेको छ । यामनाथ तत्कालिन सुरुङ्गा गाविसका जननिर्वाचित वार्डअध्यक्ष तथा कनकाई नगरपालिकामा जनप्रतिनिधि नआउन्जेलसम्म पनि वार्ड नागरिक मंञ्चका अध्यक्षका रुपमा काम गर्नुभएको थियो ।
आज दुर्गापुरस्थित दलित सामुदायिक भवनमा भएको अधिवेशनबाट उपाध्यक्षमा सुरेशकुमार गुरुङ्ग, दिलिप घतानी र रामबहादुर थापालाई सर्वसम्मत गरेको छ । थापा पुर्व जनमुक्ति सेनाका कमाण्डर समेत रहनुभएको छ । यसैगरि सचिवमा विष्णुप्रसाद विमलीलाई सर्वसम्मत गरेको छ । बिमली यसअघि माओवादी केन्द्र र एमाले मिलेर बनेको नेकपा कनकाई नगर कमिटिको समेत सचिव रहनुभएको थियो ।
यसैगरि सहसचिवमा कृष्ण खतिवडा र कोषाध्यक्षमा लीला प्रसाई संग्रौला सर्वसम्मत हुनुभएको छ ।
५५ सदस्यीय कनकाई नगर कमिटीको सदस्यहरुमा पुर्व सुरुङ्गा गाउँ जनसरकार प्रमुख समेत रहनुभएका भक्ति पाठक, डिल्लीराम पौडेल, ललितबहादुर कार्की,आईपी भट्टराई, देवराज ओझा, ख्यामराज शिवाकोटी, कमल मैनाली, हिमाल विष्ट,नविन सिटौला, डिल्ली पाठक, उत्सव वास्तोला, रुद्र गौतम, विनोद वराइली, खगमाया चापागाई, हरिबहादुर राउत, देवेन्द्र गहतराज, कृष्णप्रसाद सिटौला, शान्ति उपाध्याय, मेघराज पाठक, नरपति गुरागाईँ, मेघराज दंगाल,मिना दनुवार, डम्बर सांसकार, गंगा काफ्ले, कृष्णबहादुर पुलामी, दुर्गाप्रसाद घिमिरे,जसबहादुर लिम्बु, लक्ष्मीप्रसाद सिटौला,कृष्णप्रसाद पाठक, कमल अधिकारी,राजकुमार पोखरेल, खड्गबहादुर चेम्जोङ्ग, प्रविन कोइराला, हिटलर कालिकोटे, तुलसीराम कालिकोटे, मंगलसिंह राजवंशी, अमित कायस्थ लगायात रहनुभएको छ । बाकी १४ जना महिला, जनजाति दलित र भुगोल मिलाएर चयन गरिने अध्यक्ष यामनाथ सेडाईँले बताउँनुभयो ।
कार्यक्रम नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक मणिकुमार साम्पाङ्ग बिजयको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने निर्वाचन मण्डलकी संयोजक सारदा प्रसाई पाठकले निर्वाचन सम्पन्न गरेको थियोे ।
यसैविच यस क्षेत्रका जनमुक्ति सेनाका कमाण्डर सहिद, वेपत्तापरिवारहरुलाई सम्मान गरिएको थियो ।सवै निर्वाचित पार्टी कमिटीलाई पार्टीका नगर इन्चार्ज एवम् जिल्ला सचिवालय सदस्य गोपाल प्रसाईले शुभकामना दिनुभएको थियो ।