कनकाई अनलाईन
कांग्रेसको १४ औ महाधिवशेनमा झापा क्षेत्र नम्बर ४ बाट क्षेत्रिय सभापतिमा झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाह सहित झापा क्षेत्र नम्बर ४ क बाट विनोद ढकाल र ४ ख बाट जामुनवारी सामुदायिक वन समुहका अध्यक्ष समेत रहेका ख्याम सिटौलाले चुनाव लडने घोषणा गनुएभएको छ ।
आज कांग्रेसको वार्डनम्बर १ देखि ५ सम्मको आयोजनामा भएको कार्यक्रममा उम्मेद्धार घोषणा गरिएको हो । कनकाई नगरपालिकाका कांग्रेस सभापति दुर्गा प्रसाईले प्रस्ताव तथा कांग्रेसका नवनिर्वाचित अध्यक्षहरु शिवसताक्षीका सभापति अशोक वस्नेत, झापा गाउँपालिकाका पार्टी सभापति सागिरथ गणेश र गौरीगंञ्ज गाउँपालिकामा पार्टी सभापतिको समेत समर्थनमा उम्मेद्धारी घोषणा गरिएको हो ।
सुरुङ्गा जेसिजको भवनमा आयोजित उम्मेद्धारी घोषणा कार्यक्रममा कांग्रेस नेता कार्यकर्ताको वाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै पार्टीका जिल्ला सभापतिका उम्मेद्धारा देउमान थेवेले आफुले अघिल्लो महाधिवेशनमा सभापति बन्न दिने भद्र सहमति गरेरै चुनावमा सहभागि नभएको वताउँदै झापा जिल्ला कम्युनिष्टहरुको किल्ला भएको, पुर्व प्रधानमन्त्री ओलीको समेत जिल्ला भएकोले आफुमात्रै अध्यक्ष हाक्न सक्ने सक्षम उम्मेद्धार भएको बताउँनुभयो ।
झापा जिल्ला कांग्रेसको नेतृत्व गर्नु केटाकेटीको खेल नभएको भन्दै आफुले चुनाव जितेमा झापाका सबै ३१ वडाको स्थानीय निर्वाचनम बिजयी गराउने, १५ पालिकामै कांग्रेसलाई बिजयी गराउने र झापाका ५ वटै निर्वाचन क्षेत्रमा बिजयी बनाउने उदघोष गर्नुभयो ।
कार्यक्रममा आफ्नो उम्मेद्धारी घोषणा गर्दै झापा ४ नम्बको ख का क्षेत्रिय सभापतिका उम्मेद्धारा ख्याम सिटौलाले आफुले लगायात कम्युनिष्टले जित्दै आएको पुर्वकै ऐतिहासिक जामुनखाडी सामुदायिक वन समुहमा निर्वाचन जितेर नयाँ रेकर्ड राखेको र कांग्रेसको राजनितिमा विद्यार्थी जिवनदेखि तरुण हुदै शिक्षक संगठनमा समेत वसेर काम गरिसकेको भन्दै आफ्नो क्षेत्रिय सभापतिको पालो भएको भन्दै मत माग्नुभएको थियो ।
यता क्षेत्रिय सभापति झापा ४ क का उम्मेद्धार विनोद ढकालले समेत आफु समेत कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाको स्ववियु सभापति लगायातका विभिन्न पार्टी विभाग र विद्यार्थी संगठन शिवसताक्षी नगरपालिकाको पार्टीको सहसभापति लगायातमा बसेर काम गरिसकेकोले यो नेतृत्व आफुले पाउनुपर्ने बताउँनुभयो ।
नेपाली कांग्रेस कनकाई ३ का वडासभापति तुलसी बिमलीको सभापतित्वमा आयोजित कार्यक्रममा क्षेत्रिय सभापतिका उम्मेद्धार जयनारायण शाहले समेत आफुले पार्टीको नेतृत्व गर्न पाए कसरी स्थानीय तहको निर्वाचन जित्ने कसरी अन्य निर्वाचन जित्ने र जितेर जनताको पक्षमा काम गर्ने भन्ने अनुभव सबै कांग्रेस जनमा अनुभव वाढने बताउँनुभयो ।
कार्यक्रममा कांग्रेस नेता भक्ति सिटौला लगायातले थेवे पक्षका उम्मेद्धारका पक्षमा मत माग्नुभएको थियो ।