कनकाई अनलाईन
कृषकहरुले रासयनिक मल नपाएर हाहाकार भइरहेको वेला झापामा नक्कली मल बनाएर विक्री गर्ने गरेको फेला परेको छ ।
झापाको कनकाई नगरपालिका ३ सुरुङ्गाको तीलक पौडयालको घरबाट नुनमा रातो माटो मिसाएर बोरामा नक्कली पोटास बनाइ विक्रीका लागि लैजान ठिक्क पारेको १६ बोरा तयारी नक्क्ली पोटास र बनाउदै अवस्थाको केहि बोरा भुईमा राखिएको नुन र रातो माटो बोरा सिलाउने सियो धागो र करिव ५० वटा खाली नुनका बोरा र सुरुङ्गा बजारमा रहेको भट्टराई कृषि भण्डारमा विक्रीका लागि राखिएको १३ बोरा नक्कली तयारी पोटास समेत फेला परेको छ
इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख प्रहरी नायव निरिक्षक मानबहादुर जिम्बाको नेतृत्वमा गएको प्रहरी टोलीले पौडेलको घरपछाडिबाट नक्कली पोटास बनाउदै गरेको अवस्थामा रङ्गेहात्त फेला पारेको हो । सिविलमा गएको प्रहरीलाई देख्नससाथ नक्कली पोटास बनाउने ४ जनाको समुह भागेको र प्रहरीले घरधनी अटोरिक्सा चालक समेत रहेका तिलक पौडेल र नक्कली मल विक्री गर्दै आएका भट्टराई कृषि भण्डारका कमल भट्टराईलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय बिर्तामोडमा लगिएको प्रहरी नायव निरिक्षक जिम्बाले बताउँनुभयो ।
भट्टराई कृषि भण्डारबाट झापा तथा पहाडका जिल्लाहरुमा रासयनिक मलहरु सप्लाई हुदै आएको थियो । उक्त पसलबाट नक्कली मल आफै बनाएर विक्री भएको थाहा हुनसाथ आफुले किनेको मल लिएर सयौ कृषकले विरोध प्रदर्शन गरेका छन । मल नपाएको वेला महगो मुल्य तिरेर खेतमा हालेको मल नै नक्कली भएको पाइएपछि मलको कालो वजारी र नक्कली मल बनाउने गिरोहलाई कार्वाही नहुनेहो भने कृषक सधै पिडामा हुने स्थानीय कृषक राजकुमार श्रेष्ठले बताउँनुभयो । यता प्रहरीले नक्कली मल बनाउने गिरोहको पहिचान भइसकेकोले सबैलाई पक्राउ गरि कार्वाही हुने इलाका प्रहरी सुरुङ्गाका प्रमुख जिम्बाले बताउँनुभयो ।
नक्कली मल बनाउने गिरोहले बषौदेखि सुरुङ्गाका अटोरिक्सावालालाई मोटो रकम दिएर काममा लगाउने गरेको प्रहरी अनुुसन्धानबाट खुलेको छ । भने नक्कली मल बनाउने गिरोहले मासिक तलव दिएरै मल बनाउन वेरोजगार युवालाई परिचालन गर्ने गरेको पाइएको प्रहरीले बताएको छ । नक्कली मल बनाउने समुहलाई छुटाउन आजैबाट प्रहरीलाई दवाव आएको बुझिएको छ ।