कनकाई अनलाईन
नेपाली कांग्रेसको आसन्न १४ औं महाधिबेसनमा झापा क्षेत्र नम्बर ४ बाट खस आर्यबाट केन्द्रीय महाधिबेसन प्रतिनिधिमा निर्वाचनमा उठेका युवा नेता तथा नेविसंघ झापाका सभापति राजेन्द्र उप्रेतीले आफ्नो चुनावी प्रचारलाई तीव्र बनाएका छन ।
खस आर्य तर्फका केन्द्रिय महाधिवेशन प्रतिनिधिका उम्मेदवार रहेका युवा नेता तथा नेविसंघ झापाका सभापति उप्रेतीले आफ्नु उम्मेद्वारी प्रस्तुत गर्दै सम्पुर्ण क्षेत्रिय प्रतिनिधि र वार्ड सभापतिसंग मत माग्ने क्रममा यश क्षेत्रमा रहेका झापा ४ का २८ वटै वार्ड कार्यसमितिलाई ५्०/५० थान नेपाली काँग्रेसको (चार तारे) झण्डावितरण गर्दै प्रचार अभियानको थालनी गर्नुभएको हो । उप्रेतीले प्रचारको सुरुवात शनिवारदेखि गौरादह नगरपालिका वार्ड न ९ बाट सुरु गर्नुभएको हो । गौरादह नगरपालिका ९ का वडासभापति गोपाल भट्टराई लगायत क्षेत्रिय प्रतिनिधिलाई उप्रेतीले कांग्रेसको चारतारे झण्डा वितरण गर्दै अभियानको सुरुवात गर्नुभएको हो ।
उप्रेतीले यसैगरि गौरिगञ्ज वार्ड न १ र २ का वार्ड सभापति विनोद राजवंशी र चन्द्रमोहन राजवंशी, शिवसताक्षी वार्डनम्बर ४ का वार्डसभापति देवनारायण ताजपुरिया, ६ का वार्डसभापति भीमप्रसाद ताजपुरिया लगायत क्षेत्रीय प्रतिनिधिहरूलाई समेत झण्डा वितरण गर्दै मत मागेका छन । चुनावी अभियानमा होमिएका उप्रेतीले सबैलाई जोडने कांग्रेसमा युवा पुस्तालाई थप आकर्षण गर्न र युवाको जोश र प्रौढको होसलाई समन्वय गर्न समेत आफु चुनावमा होमिएको बताएका छन ।