कनकाई अनलाईन
नेपालको चर्चित रियालिटि सो सारेगम लिटिल च्यापियनमा उत्कृष्ट प्रस्तुति दिइरहेकी झापा कनकाई नगरपालिका ५ सुरुङ्गाकी प्रेरणा ओली उत्कृष्ट १४ मा पर्न सफल हुनुभएको छ ।
सुमधुर आवाजको कारण अडिसनदेखि अब्बल प्रतिष्पर्धिको रुपमा परिचित प्रेरणा यतिखेर टप १५ बाट १४ मा पुगेकी हुन । हरेक शुक्रवार र शनिवार ग्यालेक्सी फोरके टिभीबाट प्रशारण हुदै आएको यस गायन प्रतियोगितामा हाल प्रेरणा भोटिङ राउण्डको चरणमा छिन् ।
जादुमय आवाजका कारण सर्वप्रिय बनेकी प्रेरणालाई सारेगम लिटिल च्यापियन बन्न अब सबैको प्रेरणा हौसला र जनमतको खाँचो छ । त्यसैले उनको समर्थनमा अहिले झापा सहित देशका विभिन्न स्थानबाट प्रेरणाको समर्थन बढ्दै गईरहेको छ ।
झापा कनकाई नगरपालिका ५ चप्रामारी मुल घर भएकी प्रेरणा घर भएकी १४ बर्षिय प्रेरणा हाल दिव्यरत्न आवाशीय मावि कनकाई ३ मा कक्षा ९ मा अध्यानरक्त रहनुभएको छ । बुबा प्रेम ओली र आमा हेमकुमारी ओलीकी जेठी छोरी प्रेरणालाई संगितको बाटोमा हिडाउने योगदान भने उनी अध्यानरत विद्यालय दिव्यरत्न माविका पिन्सिपल सागर ढुङ्गानाको रहेको छ ।
उनै सागर ढुङ्गानाले प्रेरणाको प्रतिभा देखेर विभिन्न स्थानमा हुने साना ठुला गायन प्रतियोगितामा सामेल गराउनुको साथै हाल भइरहेको देशकै ठुलो गायन प्रतियोगितामा समेत सामेल गराएका हुन । कमजोर र्आिर्थक अवस्थाको ओली परिवार छोरीलाई यो स्थितिमा ल्याउन सक्ने क्षमतामा थिएन यसैकुरालाई मध्यनजर गरि पिन्सिपलले आफै दाता खोजेर प्रेरणाको एक बर्षको लागि गायन कक्षाको चाजो पाजो मिलाइदिएका हुन । हामीले छोरीलाई जन्मदिन मात्रै सकेका छौ बाकी कर्मदिने भनेकै उ अध्यानरत्त विद्यालय दिव्यरत्न र यसका पिन्सिपपल सागर ढुङ्गाना हुन प्रेरणाका पिता प्रेम ओलीले भने ।
सागर ढुङ्गानाको पहलमा पत्रकार लेखक तथा प्रहरी कनकाई नगरवाशी सुमन सुस्केरा ढकालले एक वर्षसम्म संगित अध्यानका लागि खर्च व्यहोरीदिएका हुन । संगित साधना कला केन्द्र सुरुङ्गामा हाल प्रेरणा संगित सिकिरहेकी छिन । यो यहि संगित विद्यालय हो जहाँबाट दोस्रो नेपाली आइडलको सेकेन्ड रनर सुमित पाठक जन्माएको थियो । यसका प्रशिक्षक समेत सुमितका पिता धु्रब पाठक हुन ।
यस पटक टप १४ मा प्रेरणाले गहिरो गहिरो सागर जस्तो गित गाएकी छिन । र उनी टप १४ भित्र समेत पर्न सफल भएकी छिन । हरेक शुक्रवार देखि सोमवार दिउससो १२ बजेसम्म हुने भोटिङ्गका लागि सबैसमक्ष प्रेरणाले सहयोग समेत मागेकी छिन । प्रतियोगिताको नियम अनुसार ५० प्रतिशत गायकीको आधारमा निर्णायकको नम्बर र बाकी ५० प्रतिशत दर्शकको भोटिङ्गलाई आधार मानिने नियम रहेकोले समेत प्रेरणालाई सबैले भोटको जरुरी छ ।
प्रेरणालाई भोट गर्नका लागि मोबाइलको म्यासेज बक्समा गएर Sgmp १२ टाईप गरी 33001 मा सेण्ड गर्नुपर्ने हुन्छ । अनलाईन भोट गर्नको लागि Momo app डाउनलोड गरेर पनि भोट गर्न सकिने छ ।