Kanakai Online

कोरोनापछिको छठमा हज्जारौको सहभागिता


बुधवार, कार्तिक २४, २०७८ |

कनकाई अनलाईन
प्रदेश नम्बर १ को सर्वाधिक जनसहभागिता रहने भद्रपुर नगरपालिकाको बिरिङ नदि तथा कनकाईको विरिङ र माई नदिमा नेपाल तथा भारतका हज्जारौ श्रद्धालुहरुले अस्ताउदो सुर्यको पुजा आराधना गरि मनाईएको छ ।

तराइबासीको महत्वपूर्ण पर्व मानिए पनि भद्रपुरको मेची किनारमा हिमाली, पहाडी मारवाडी, बंगाली लगायत सम्पूर्ण जात जातिको साझा प्रतिनिधित्व हुने गरी समावेशी रूपमा छठ पूजाको आयोजना गरिएको छ । पुजामा नेपाल तथा भारतका भक्तजनहरुको सहभागिता रहेको छ ।
    नेपाल–भारतको सिमावर्ती क्षेत्रमा पर्ने झापाको भद्रपुर स्थित मेची नदीमा

मनाउदै आएको छठ पर्वमा भण्डै ५ हजार पूजा स्थल निर्माण गरी ३ किलो
मिटर क्षेत्रमा नदीको वारिपारी दुवै पट्टिबाट हिमाल, पहाड र तराइका बासिन्दाले
सहभागी भएर पुजा गरेका छन । दशकौंदेखिको पूजा स्थलको पहिचान बनाएको मेची घाटमा गत वर्ष कोरोना महामारीका कारण पूजाका सम्पूर्ण गतिविधि रोकिएका थिए ।
पूजा स्थलका लागि नेपाल भारतका सुरक्षा कर्मीले सम्युक्त गस्ति गरेका छन । नेत्र ज्योति समाज लगायत सामाजिक संघ संस्थाले मेलामा सहभागी भक्तजनका लागि पानी तथा चियाको व्यवस्था गरिएको मैथिल समाजका पूर्व अध्यक्ष रमेशचन्द्र झाले जानकारी दिनुभयो ।
पुजाका लागि नेपाल तथा भारतको विहार तथा बंगाल राज्यका व्रतालु भक्तजनहरु नदीमा छठ पर्व मनाएका छन । यसैगरि छठ पुजा सेवा समिति बिर्तामोडको आयोजनामा कनकाईको बिरिङ नदिमा र छठ पुजा सेवा समिति कनकाईको आयोजनामा कनकाई नदिमा समेत पुजाको आयोजना गरिएको छ । यता मेचीनगरका ब्रतालुहरुले समेत स्थानीय निन्दा खोलामा पुजा गरि मनाएका छन ।