Kanakai Online

पोखरेलले काँग्रेस जिल्ला सदस्यमा उम्मेद्वारी घोषणा गरे


बिहिवार, कार्तिक १८, २०७८ |

कनकाई अनलाईन

नेपाली काँग्रेसका युवा नेता रमेशप्रसाद पोखरेलले आसन्न महाधिवेशनका लागि पार्टीको जिल्ला सदस्यमा उम्मेद्वारी घोषणा गरेका छन् ।

झापा क्षेत्र नम्वर १ अन्र्तगत भद्रपुर ९ चन्द्रगढी निवासी पोखरेलले १४ औं महाधिवेशन अन्तर्गत मंसिर १० गते हुने जिल्ला अधिवेशनमा भद्रपुर नगरपालिकाबाट जिल्ला सदस्य पदका लागि आफ्नो उम्मेद्वारी घोषणा गरेका हुन् ।

तत्कालिन झापा क्षेत्र नंं २ को सचिव निर्वाचित भएका पोखरेल क्षेत्र समायोजनपछि वर्तमानमा नेपाली काँग्रेस झापा क्षेत्र नं. १ का सचिवको भूमिकामा रहिरेका छन् । पोखरेल २०४९ सालमा नेपाल बिद्यार्थी संघ मेची क्याम्पस इकाइको सहसचिवको जिम्मेवारी लिएर काँग्रेस राजनीतिमा होमिएका थिए । नेविसंघको क्षेत्रीय सदस्यहुँदै २०५२ सालमा झापा क्षेत्र नं. ३ को नेविसंघ उपसभापतिको जिम्मेवारी कुशलता पूर्वक निर्वाह गरेका थिए ।

भद्रपुर जेसीज लगायत विभिन्न सामाजिक संघ संस्थाको कुशलता पूर्वक नेतृत्व सम्हालेका पोखरेल युवा जागरण अभियानमा लोकप्रिय मानिन्छन् ।