लीलाराज झापाली ।
विर्तामोड , साउन ३२ गते । अविरल वर्षापछि झापाका प्रमुख नदिमा आएको वाढीले वस्ती वगाउदा भएको क्षतीमा परि झापामा हालसम्म १३ जनाको मृत्युभइसकेको र २ जना वेपत्ता भएको जिल्ला दैविक प्रकोप समिति झापाले जनाएको छ ।
वाढीले वगाएर वेपत्ताहुनेहरु मध्ये थप ३ जनाको शव फेला परेको छ । बाह्दशाी गाउँपालिका २ किसान टोलका ताहिर आलमको शव बुधवार तथा शिवसताक्षी नगरपालिका ७ का १७ वर्षिय निमा तामाङ्ग र झापा गाउँपालिकाका कालीप्रसाद राजवंशीको शव मंगलवारफेला परेको उद्धार समिति झापाले जनाएको छ ।
झापामा हालसम्म मृत्युहुनेमध्ये दक्षिणी झापा गाउँपालिकाका अत्याधिक रहेका छन । मृत्युहुनेमा झापा गाउँपालिका २ की धनमाया घोसार्ने , शिवसताक्षी १ धरमपुरका विजय पाण्डे , झापा गाउँपालिका ७ का कमला दर्नाल उनकी छोरी खुसी दर्नाल , कचनकवल ३ का राम राजवंशी , दमक १० का तपोस मण्डल , हल्दीवारी गाउँपालिका १ का चम्पामणि सतार , कमल गाउँपालिका ५ का दिवश राई , झापा गाउँपालिका ४ का कुल्सन खातुन र झापा गाउँपालिका २ कै नामथर नखुलेका एक मागीहिडने मुस्लिम वृद्ध रहेका छन ।
यसैगरी हालसम्म २ जना झापा गाउपालिका २ की कमला घोर्साने र सोही ठाउँकी पार्वती राजवंशी वगेर वेपत्ता बनेको र उनीहरुको समेत खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । झापामा हालसम्म ७ नगरपालिका र ६ गाउँपालिका वढी प्रभावित बनेको जिल्ला रेडक्रस सोसाइटीले जनाएको छ । जसमा २४ सय ४४ परिवार विस्तापित बनेको २५ सय २४ परिवार प्रभावित बनेको तथा १ सय २१ घरपरिवारको घर पुरै वगाएको समेत जनाएको छ ।
वाढीमा परेकाहरुलाई नेपाली सेना , प्रहरी , ससस्त्र प्रहरी रेडक्रसकर्मी जना अन्य संघसंस्था तथा व्याक्तिहरुमिलेर उद्धारगरिएको थियो । हाल विस्तापितहरु झापाका विभिन्न स्कुल , सरकारी कार्यालय , छिमेकीको घरमा तथा सामाजिक संघ संस्थाको भवनमा आश्रय लिएर वसेका छन । विस्तापितहरुलाई जिल्ला दैवि प्रकोप उद्धार समिति , रेडक्रस तथा विभिन्न संघसंस्थाले खाना खुवाउने तथा राहत सामग्री दिएर सहयोग गरिरहेका छन ।
वाढीले वगाएर वेपत्ताहुनेहरु मध्ये थप ३ जनाको शव फेला परेको छ । बाह्दशाी गाउँपालिका २ किसान टोलका ताहिर आलमको शव बुधवार तथा शिवसताक्षी नगरपालिका ७ का १७ वर्षिय निमा तामाङ्ग र झापा गाउँपालिकाका कालीप्रसाद राजवंशीको शव मंगलवारफेला परेको उद्धार समिति झापाले जनाएको छ ।