कनकाई अनलाईन
कनकाई नगरपालिका प्रमुख राजेन्द्रकुमार पोखरेलले कनकाई माध्यमिक विद्यालय देशलेनै गौरव गर्नुपर्ने विषय बनेको बताउँनुभएको छ ।
आज कनकाई माविमा विद्यार्थीलाई विद्यालय पोशाक, विशेष तर्फका विद्यार्थीलाई छात्रवृत्ति रकम हस्तानतरण कार्यक्रममा बोल्दै पोखरेलले देशको नमुना मात्रै नभएर कनकाईलाई शैक्षिक हव बनाउनका लागि कनकाई माध्यमिक विद्यालयले महत्वपुर्ण भुमिका खेलेको भन्दै यसको भागिदार विद्यालयका सम्पुर्ण शिक्षक, विद्यार्थी रअभिभावक बनेको बताउँनुभयो ।
पोखरेलले कनकाईलाई शैक्षिक नगरिका रुपमा देशसामु चिनाउन आफुहरुलाई सुनौलो मौका आएको भन्दै यसका लागि जनप्र्रतिनिधि, शिक्षक, अभिभावक, कर्मचारी सबैको सहकार्यबाटमात्रै यो सम्भव भएको बताउँदै नगरपालिकाले यसविचमा विद्यालयको भौतिक अवस्था सुधार गरिसकोले विद्यालयको शैक्षिक अवस्था सुर्धानका लागि अव सबैले मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।
कनकाई नगरका युवा खेलकुद तथा शिक्षा साखा प्रमुख पिताम्बर गौतमले स्थानीय सरकारलाई शिक्षाको जिम्मेवारी दिएसगै ४ बर्षभित्रै कनकाई नगरपालिका क्षेत्रमा प्राथमिक तहमा मात्रै ३४ सयबाट विद्यार्थी सङ्ख्या वढेर ४२ सयजना बनेको बताउँनुभयो । साथै कोरोना कहरका वेला समेत कनकाई नगरक्षेत्रमा प्रदेशमै सबैभन्दा राम्रो बैकल्पिक सिकाई क्रियाकलाप भएको जानकारी दिनुभयो ।
यसैगरि विद्यालयमा अध्यानरक्त विशेष तर्फका ६० जना विद्यार्थीलाई छात्रवृत्ति वापतको प्रतिविद्यार्थी नगद २५ हजारदेखि ४० हजार रुपैँयासम्म प्रदान गरिएको छ । भने विद्यालयमा अध्यानरत्त कक्षा १ देखि ५ सम्मका ४६० जना विद्यार्थीलाई सदन पोशाक वितरण गरिएको छ ।
कनकाई नगरप्रमुख राजेन्द्रकुमार पोखरेल, शिक्षा साखा प्रमुख पिताम्बर गौतम, विद्यालयका प्रअ कर्णबहादुर डाँगी, विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष नेत्र प्रसाई लगायातले छात्रवृत्ति तथा पोशाक प्रदान गर्नुभयो ।
विद्यालयका सहायक प्रअ हरिप्रसाद तिम्सिनाको संचालन , बल्लभकुमार गौतमको स्वागत रहेको कार्यक्रममा विद्यालयका सहयाक प्रअ चन्द्र शिवाकोटीले धन्यावाद ज्ञापन गर्नुभएको थियो । भने कनकाई नगर शिक्षक महासंघकी अध्यक्ष सारदा प्रसाई पाठक, नेपाल पत्रकार महासंघ प्रदेश कार्य समिति सदस्य लीलाराज झापाली लगायातको आथित्यता रहेको थियो ।