कनकाई अनलाईन
बिर्तामोड , कात्तिक ११ । कोरोना संक्रमणका कारण विगत दुई वर्षदेखि बिरिङ नदीमा हुन नसकेको सामूहिक छठ पुजा यस वर्ष हुने भएकोे छ ।
श्री छठ समाज सेवा समिति बिर्तामोडले कन्काई नगरपालिकाको दुर्गापुरस्थित बिरिङ नदीमा यस वर्ष सामूहिक छठ पुजा एवं सांंस्कृतिक कार्यक्रम गर्ने भएको हो । पछिल्लो दुई वर्ष कोरोना महामारीका कारण र सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई मध्यनजर गरी छठ समाज सेवा समितिले सामूहिक पुजा आयोजना गरेको थिएन । तर, हालका दिनमा कोरोना संक्रमणमा केही कमी आएर कोरोना विरुद्धको खोप कार्यक्रमले गर्दा परिस्थिति सहज हुँदै सार्वजनिक स्थल,मठ मन्दिर, गोष्ठी सेमिनारलगायतका कार्यक्रम पुनः संचालन हुन थालेपछि यसपालिदेखि पुनः बिरिङ नदीमा छठ पुजा आयोजना गरिने समितिले जनाएको छ ।
छठ समाज सेवा समिति बिर्तामोडले झापा जिल्लामै सबैभन्दा बढी भव्यताका साथ बिरिङ नदीमा छठ पुजा आयोजना गर्दै आएको थियो । छठ पुजा समारोह एवं सांस्कृतिक कार्यक्रमलाई सभ्य, भव्य र सहज रुपमा सम्पन्न गर्नका लागि विभिन्न उपसमितिहरु निर्माण गरी कार्य विभाजन गरिएको संस्थाका अध्यक्ष राजकुमार गुप्ताले जानकारीे दिए । यसपालि कात्तिक २२ गते सोमबारबाट सुरु भई कात्तिक २५ गते बिहीबार समापन हुने ४ दिने महापर्वको पहिलो दिन २२ गते सोमबार नहाय खाय९ अरवा अरवाइन०,दोश्रो दिन २३ गते मंगलबार खरना , तेश्रो दिन २४ गते बुधबार संध्या अर्घ, चौँथो र अन्तिम दिन २५ गते बिहीबार बिहानी अर्घ ९परना० संगै यसपालिको महान पर्व समापन हुने महासचिव मनोज रौनियारले जानकारी दिएका छन् ।