कनकाई अनलाईन ।
भद्रपुर १० स्थित चन्द्रगढी चैतु मन्दिर निवासी ४० वर्षीय ताला टुडुको उपचार्थ गायक तथा संगीतकार अर्जुन खरेलले ११ हजार २१ रुपैया सहयोग जुटाइए हस्तान्तरण गरेका छन् ।
घर बनाउने मजदुरी गर्ने क्रममा ४ वर्ष अगाडि खुट्टा भाँचिएर पाकेपछि आर्थिक अभावका कारण उपचार गर्न नसकेका टुडुलाई गायक खरेलले बागेश्वरी असल शासन क्लब, हेल्पिङ हेण्ड र चाँदनी गजल रेष्टुरेन्टसित सहकार्य गरी साँगीतिक कार्यक्रम मार्फत जुटाएको सो रकम हस्तान्तरण गरेका हुन् ।
मनव अधिकारका लागि महिला एकल महिला झापाकी अध्यक्ष रेखा अधिकारीको प्रमुख आतिथ्यमा टुडुकी छोरी मखमली टुडुलाई बुबाको उपचार गराउन सो रकम दिइएको हो ।
Trending
- चारतला माथिबाट खसेर मजदुरको मृत्यु
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा