कनकाई अनलाईन ।
। झापासंग सिमाना जोडिएको भारतको दार्जिङग् जिल्ललाको सिलगुडी वाट आफनो भाई उदय हाङग् फागो लाई भारतीय प्रहरीले विना कारण गिरफ्तार गरेको भन्दै पिडित परिवारको तर्फ वाट तत्काल उद्धार गराई दिन माग गर्दै े जिल्ला प्रशासन कार्यलय झापा मार्पmत प्रधानमन्त्रीको कार्यलय सिंह दरवारलाई ज्ञापन पत्र वुझाएका छन् ।
गत साउन २३ गते सुर्योदय गरपालिका वार्ड नं १० ईलाम निवासी २८ वर्षिय उदय हाङग् फागो लाइ आमाको उपचारको सिलसिलामा भारतको सिलगुडी गएको बेला सोही ठाँउकै फेमीली क्लिीनीक वाट गिरफ्तार गरि विभिन्न झुठा मुद्धा लगाई हिरासतमा राखेको भन्दै उनका दाजु शरणा फागेले जिल्ला प्रशासन कार्यलय झापा मार्फत तत्काल रियाको माग गर्दै ध्यानाआकर्षण पत्र दिनु भएको हो ।
ध्यानाआर्कषण पत्रमा एउटा निर्दोश नेपाली नागरिक उपचारको क्रममा भारत गएको समयमा भारत सरकारले यति लामो समय सम्म अनाहकमा मुद्धा दर्ता गरि मानसिक र शारिरीक यातना दिँदा समेत नेपाल सरकारको तर्फवाट प्रभावकारी पहल हुन नसकेको उल्लेख छ ।
परिवार सदस्यलाई भारतिय सरकारले झुठ मुद्धा दर्ता गरेकोमा नेपाल सरकारले हाल सम्म गरेको प्रयासको बारेमा जानकारीे नपाएकोले पिडितलाई तत्काल सकुशल उद्दार गरि रिहाईको लागि प्रभावकारी पहल गरि दिन समेत अनुरोध गरिएको छ । सो ज्ञापन पत्र वुझ्दै झापाका सहायक प्रमुख जिल्लला अधिकारी भीम तिवारीले सकुसल रिहा संगै उद्दार गर्न झापा प्रशासन कठिवद्ध रहेको समेत जानकारी दिनुभयो ।