Kanakai Online

कनकाई घाटमा दाउरा नबल्दा मलामी आक्रोसित


मङ्गलवार, असोज २६, २०७८ |

कनकाई अनलाईन
काचो दाउरा नबलेर चितामा लास हालेको घण्टौ सम्म पनि लास नबल्दा पुर्वकै चर्चित र व्यस्त कनकाई माई कोटीहोम आर्यघाटका मलामी मर्कामा परेका छन ।


यस अघि त्यहा दाउराका लागि कनकाई घाट व्यावस्थापन समितिले प्रति शव ३५ सय रुपैँया लिएर सुकेका दाउरा विक्री गर्दै आएको थियो ।
तर अत्यन्त गरिब परिवारको शव जलाउनका लागि भने निशुल्क दाउरा दिने गरेको कनकाई घाँट व्यावस्थापनि समितिका कार्यालय सचिव ख्याम शिवाकोटीले बताउँनुभयो । तर पछिल्लो समय भने अन्य व्याक्तिगत रुपमा समेत घाटमा दाउरा विक्री हुन थालेपछि प्रतिस्पर्धाकै लागि कम मुल्यमा दाउरा विक्री गर्ने गर्दा काचै दाउरा उपलब्ध हुन थालेपछि भने मलामीहरु र मृतकका परिवारले शव जलाउनका लागि ज्यादै कष्ट व्यहोर्न बाध्य भएका छन ।
मंगलवार शिवसताक्षी नगरपालिका १० नम्बर वार्डका लीलाबहादुर भुजेलको शव जलाउनका लागि कनकाई माई कोटीहोममा लगिएकोमा सस्तो दाउरा खरिद गर्दा घण्टौसम्म पनि लाश नबलेको र लास जलाउनका लागि १५ लिटर मट्टिटेल र मबिल समेत प्रयोग गर्नुपरेको गुनासो मृतकका नाती संन्दिप भुजेलले गर्नुभयो ।
दाउरा सुरुमै किनेका बलेन अलिकती सुकेको दाउरा दिनु भन्दा पनि फेरि अर्को किन्नुपर्छ भने दाउरा किनेपछि शवलाई जलाउन पुग्ने सम्म त दिनुपर्यो नि उहाँको गुनासो थियो ।
हामीलाई दाउरा कहाँ किन्ने भन्ने पनि थाहा थिएन सस्तैमा दाउरा पाईयो भनेर २६ सय रुपैँया दाम हालेर दाउरा चित्तामा हालिहालियो ४ घण्टामा पनि शव एकछेउउ पनि जलेन हामीलाई सस्तो भनेर सबै भर्खर काटेको काचो आँपको पो दाउरा दिइएको रहेछ । सस्तो भन्दै नबल्ने दाउरा त दिनु भएन नी मलामी आएका डम्बरबहादुर कार्कीले भन्नुभयो । दाउरा चिर्दा चोपै चोप निस्कियो के गर्ने गर्ने हो लास घोच्दै गरेका कार्कीले भन्नुभयो ।
कनकाई नगरपालिका क्षेत्रको मात्रै नभएर देशकै प्रतिष्ठित आर्यघाटमा दाउराको मुल्य र गुणस्तरमा एकरुपकता नहुदा मृतक परिवारले सास्ती खेप्दै आएका छन । यस वारेमा कनकाई नगरपालिका र सम्बन्धित निकायले चाडो दाउराको वारेमा एकरुपकता र गुणस्तरमा ध्यान दिनुपर्नेमा अर्का मलामी कनकाई नगरपालिका ४ का नागेश्वर बुडाथोकीले बताउँनुभयो । यसवारेमा कनकाई नगरपालिकाका प्रवक्ता तथा कनकाई ४ का वडाअध्यक्ष गोविन्द प्रसाद पौडयालसग सम्पर्क गर्दा कनकाई घाटले विक्री गरेको दाउरमा कुनै समस्या नभएको तर व्याक्तिले बेचेको दाउरमा भने कम्प्लेन आएको बताउँनुभयो । हामीलाई या प्रहरीमा लिखित कसैले निवेदन हालेको खण्डमा हामी यसका लागि कार्वाहीमा जानका लागि सजिलो हुनेथियो । दाउरा काचो भयो भन्ने गुनासो सुनेपनि लिखित निवेदन कहि कतै नपरेकोले काचो दाउरा विक्री गर्नेले छुट पाइरहेको हुनसक्ने पौडेलले बताउँनुभयो ।