Kanakai Online

झापा जिल्ला समन्वयमा एमालेको प्यानलै बिजयी


बुधवार, साउन ३२, २०७४ |

कनकाई अनलाईन ।
झापा जिल्ला समन्वय समिति झापामा एमालेको सिङगो टिम निर्विरोध निर्वाचित भएको छ । नवनिर्वाचित पदाधिकारीले पदको सपथ समेत लिएका छन ।
जिल्ला निर्वाचनले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकामा एमाले प्यानकाले मात्रै उम्मेद्धारी दिएपछि एमालेको पुरै प्यानललै झापामा विजयी भएको हो । जिल्ला समन्वय समिति झापाको प्रमुखमा सोमनाथ पोर्तेल उपप्रमुखमा मिना घिमिरे पराजुली सदस्यहरुमा पदमबहादुर लिम्बु , मराङ हस्ता , चन्द्र सुब्बा , अल्पसंख्यक समुदायबाट महिसलाल राजवंशी महिला सदस्यमा सुशिला अधिकारी जुनु नेपाली दर्जी र गंगादेवि कार्की रहनुभएको छ ।
झापामा १५ तहको ३० मत रहेको थियो जसमा एमालेको एकल १९ मत रहेको थियो भने कांग्रेसको ७ र राप्रपाको ४ मत रहेको थियो ।
यसैगरी नवगठित जिल्ला समन्वय समितिलाई पदको सपथ खवाइएको छ भने समितिको पहिलो बैठकले बाढी पीडितका लागि दश लाखको राहत कोषको घोषणा गरेका छन् ।
मंगलबार शपथ ग्रहण पछि बसेको पहिलो बैठकले सो निर्णय गरेको स्थानीय विकास अधिकारी खेमराज ओझाले जानकारी दिनुभयो । पहिलो बैठकले राहत कोषको स्थापनासँगै जिल्लाको विकासका लागि आवधिक योजना निर्माण गर्ने,उद्दार कार्यलाई थप प्रभाबकारी बनाउने, मतदाता नामावलीमा नाम दर्ताका लागि १५ दिन समय थप गराउने निर्णय गरेको छ ।
कार्यक्रममा नवनिर्वाचित प्रमुख पोर्तेलले प्रतिबद्धता मन्तब्य राख्दै झापाको समग्र विकासमा सबै क्षेत्रसँग सहकार्य गर्ने बताउँनुभयो । उहाँले जिल्लाको समस्याका रुपमा देखिएका विषयलाई दिर्घकालिन समाधानका लागि योजनाबद्ध ढंगबाट लागि पर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
पहिलो बैठकले राहत कोषको स्थापनासँगै जिल्लाको विकासका लागि आवधिक योजना निर्माण गर्ने,उद्दार कार्यलाई थप प्रभाबकारी बनाउने, मतदाता नामावलीमा नाम दर्ताका लागि १५ दिन समय थप गराउने निर्णय गरेको छ ।
फोटो प्रमुख सोमनाथ पोर्तेल