कन्काई समाचारदाता
सुरुङ्गा , साउन ३० गते । श्रीकृष्ण जन्मअष्ठमीको अवशर पारेर श्रीकृष्ण प्रणामी मन्दिर कनकाईले बहोबृद्ध ८ जना मातापितालाई सम्मान गरेको छ ।
मन्दिरले कृष्णजन्मअष्ठमीको अवशर पारेर गाउँमा ८० वर्षमाथिका वृद्धवृद्धाहरु ,साहित्यकार तथा पुर्वशिक्षक तुलसी दास श्रेष्ठ ,प्रतिमान उप्रेती , गंगादेवि उप्रेती , गंगादेवि उप्रेती , चन्द्रप्रसाद उप्रेती , धनमाया अधिकारी , जमुनादेवि उप्रेती र विष्णुमाया खरेल यसैगरी मन्दिर निर्माण गरिदिने पुर्व जनप्रतिनिधिसमेत रहनुभएका चिरन्जिवि उप्रेतीलाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।
उहाँहरुलाई कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल मन्दिरका अध्यक्ष इश्वरीप्रसाद कट्टेल ,सचिव राजु उप्रेती लगायातले सम्मान गर्नुभएको थियो । यसैगरी मन्दिरमा निर्माण गरिएको सामुदायिक सत्सम भवन निर्माण गर्ने निर्माण समितिका अध्यक्ष यामनाथ सेढाँई , सचिव छवि थपलिया सहितको समितिलाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रममा मन्दिर निर्माणकर्ता परिवारका एकराज उप्रेती लगाँयातले धर्मका माध्यमबाट समाज परिवर्तनमा मद्यत मिल्ने भन्दै यसवाट राज्य र समाजलाई समेत मद्धत मिल्ने वताउनुभयो ।
Trending
- झापामा मजदुर दिवश भव्य रुपले मनाईयो
- झापामा हात्तीपाइले रोगको जोखिम कायमै
- गिरीबन्धुका चिया मजदुरले दुई महिनादेखी पाएनन् तलव
- झापामा लागुऔषध कारोबारः गोली लागेका आलमको भद्रपुरमा उपचार हुँदै
- ‘लोप्रोफाइल’का सुहाङ एकाएक राजनीतिमा आए, बुवाकै प्रतिस्पर्धीलाई हराए
- कामाटोलीमा लागुऔषध कारोवारी प्रहरीको भिडन्त गोली लागेर एक घाइते
- डिडिसीद्वारा किसानलाई त्रिचालिस करोड भुक्तानी
- करिब १९ हजार मत गनिसक्दा सुहाङलाई २ हजारभन्दा बढी मतको अग्रता