Kanakai Online

बालआश्रमलाई सहयोग


सोमवार, साउन ३०, २०७४ |

कन्काई समाचारदाता
विर्तामोड साउन ३० गते । प्रवासी झापाली सम्पर्क मंच दोहा कतारकाका पुर्वअध्यक्ष चुडामणी कार्कीको परिवारबाट अपाङ्ग बाल शिक्षा सरोकार केन्द्र अर्जुनधारा ६ का आश्रित वालवालिकालाई नगद र र लत्ता कपडा सहयोग गर्नुभएको छ ।
सोमबार कृष्ण जन्मअष्ठमीको अवशर पारी कार्कीका पिता चन्द्रबहादुर कार्की , आमा नैनकुमारी कार्की , भाई खेम कार्की लगायातको टिमले आश्रमबा पुगी कष्ट्रकर जिवन विताइरहेका १० जना बालवालिकाहरुलाई नगद १२ हजार , खाद्यान्न र आवश्यक कपडा प्रदान गर्नुभएको हो ।
सो रकम कार्की परिवारले सरोकार केन्द्रका संचालक कृष्णदेव दुलाललाई हस्तानतरण गर्नु भएको हो । सो आश्रममा विशेष अपाङ्ग र असाहाय वालवालिकालाई संरक्षण गरि राखिएको र उनीहरुको आर्थिक समस्याले वाढीका वेला थप समस्या परेको खबर सुनेर आफु रोजगारीका क्रममा देशवाहिर रहेपनि वालवालिकालाई मद्धत गर्नु भनेकाले आफुहरुले सकेको सहयोग गरेको चुडामणिका भाई खेम कार्कीले बताउँनु भयो ।

सम्बन्धित खबर