कनकाई अनलाईन ।
सरकारी चिकित्सकले अनशनरक्त डा गोविन्द केसीको मागलाई सम्वोधन नगरे देशभरका स्वास्थ्य संस्थाको सेवा बन्द गर्ने निर्णयप्रति झापाको विएण्डसी हस्पिटलले आपत्ती जनाएको छ ।
हस्पिटलका संचालक दुर्गा प्रसाईले हस्पिटलमा पत्रकार सम्मेलनको आयोजना गरी मेचीका २७ लाख जनतालाई लक्षित गरेर हामीले यो प्रविधिको हस्पिटल खोलेका छौ , गरिवका छोराछोरीले गाउँमै शुलभ दररेटमा डाक्टरबनुन भन्ने उदेश्यले हस्पिटल खोलिएको भन्दै संचालक प्रसाईले ७० जना डाक्टर कार्यरक्त यस हस्पिटलले सरकारी सेवा बन्द भएपनि सस्तो दररेटमै मेचीका जनतालाई स्वास्थ सेवा दिन अस्पताल तयार रहेको वताउँनुभयो ।
उहाँले सरकारी हस्पिटलबाट यसरी सेवा बन्द गर्ने निर्णय गरिनु जनहित विपरितको कार्य भएको समेत वताउँनुभयो । सोही अवशरमा विएण्डसी हस्पिटलमा स्वाइनफलुको भिन्दै उपचारकक्षबाट उपचार सेवा सुरु गरिएको समेत जानकारी गराइएको थियो ।