कनकाई अनलाईन
राष्ट्रिय प्रजातन्त्र पार्टी झापाले पशुपति शमसेर राणाले पार्टी विभाजन देशी विदेशी शक्तिकेन्द्रो चलखेलबाट भएको भन्दै यस कार्यलाई दुभाग्यपुर्ण भएको निर्णय गरेको छ ।
पार्टी विभाजनपछि जिल्लामा वसेको वैठकले कमल थापाको नेतृत्वमा रहेको संस्थापनपक्ष प्रति जिल्ला शाखा एक ढिक्काभएर रहने निर्णय गरेको छ ।
पार्टीका महामन्त्री एवम संगठन विभाग प्रमुख राजेन्द्रकुमार लिङदेनको प्रमख आथित्यतामा भएको भेलाले पार्टीका सवै जिल्लातहका नेता कार्यकर्ताहरु अविचलितरुपमा लाग्ने समेत निर्णय गरेको पार्टीका नेता एवम मिडिया नेपाल झापाका अध्यक्ष रन्जित प्रसाईले वताउँनुभयो ।
फुटले पार्टीलाई थप अग्निपरिक्षामा पुर्याएको भन्दै यसलाई पार लगाएरै छाडने जिल्ला तथा केन्द्र नेताले प्रतिवद्धता जनाएका थिए । झापाबाट केन्द्रिन्य सदस्य रोहित राजंवशी लगायातका केहि कार्याकता राणा समुहमा सामेल भएपनि उनीहरुलाई समेत पुरानै धारमा फर्काउने तयारी थालिएको वैठकमा जानकारी गराईएको थियो ।
कार्यक्रममा झापाबाट स्थानीय तहमा राप्रपाबाट विजय हुने ३ गाउँपालिकाका प्रमुखहरु कचनकवल अन्जार आलम , हल्दीवारी रविन्द्र लिङदेन र गौरीगंन्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले समेत आफुहरु विचलित नभइ थापाकै साथमा रहने प्रतिवद्धता जनाएका थिए ।
भेलामा राप्रपाका जिल्ला अध्यक्ष अमर विस्टले झापाको जिल्ला र केन्द्र कमिटी थापासगै रहेको जानकारी गराउनुभएको थियो ।