कनकाई अनलाईन ।
युवाको नेतृत्व क्षमतामा काम गर्दै आएको सुरुङ्गा जेसिजले वातावरण संरक्षणको क्षेत्रमा समेत कार्य गर्दै आएको छ ।
सुरुङ्गा र कनकाई नगरको हरियालीलाई वचाइराख्न सन २०१२ बाट सुरु गरेको ग्रीन सिटी क्लीन सिटी कार्यक्रमको निरन्तरतामा जेसिजले यसवर्ष कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाको परिसरमा २० वटा धुपीको विरुवा रोपिएको छ ।
जेसिजका अध्यक्ष जविन तिम्सिनाको नेतृत्वमा पुर्वअध्यक्ष शिव कडेँल ,महासचिव कमल कट्टेल , वातावरण संयोजक देवेन्द्र रिसाल लगाँयतको टोलीले क्याम्पस परिसरमा वृक्षरोपण गरेर विरुवा क्याम्पस प्रशासनलाई जिम्मा लगाएको हो ।
कार्यक्रममा क्याम्पस प्रमुख टंकबहादुर कार्की विद्यार्थी प्रतिनिधिहरु उदित दाहाल , नविन राई , नविन सिटौला लगाँयतले क्याम्पसले विरुवाको स्वामित्व लिर्दै हुर्काउने प्रतिवद्धता जनाएका थिए ।
सन २००८ मा यस क्षेत्रका युवा नेतृत्व लीला चिमरियाको पहलमा स्थापित सुरुङ्गा जेसिजले सन २०१२ देखि भने भीम भट्टराईको पहलमा ग्रीन सिटी क्लीन सिटीको अभियानलाई अगाडि वढाउर्दै आएको छ ।
जेसिजले सुरुङ्गा बजार क्षेत्र , कोटीहोस , लगाँयातका स्थान र विभिन्न स्कुलहरुमा समेत वृक्षरोपण गर्दै आएको छ । यस वर्ष समेत अरु थप हजार विरुवा रोपेर संघ संस्थालाई हस्तानतरणको कार्यक्रम रहेको र उपयुक्त संस्था तथा स्कुलको खोजी भइरहेको सुरुङ्गा जेसिजका अध्यक्ष जविन तिम्सिनाले वताए ।
सन २००८ मा यस क्षेत्रका युवा नेतृत्व लीला चिमरियाको पहलमा स्थापित सुरुङ्गा जेसिजले सन २०१२ देखि भने भीम भट्टराईको पहलमा ग्रीन सिटी क्लीन सिटीको अभियानलाई अगाडि वढाउर्दै आएको छ ।
Trending
- निर्वाचनबाटै बिद्यालयमा उम्मेदवार छनौट गर्दै बिद्योदय अङ्ग्रेजी माबि
- वाइसीएलको जिल्ला भेला सम्पन्न, डेबिट शाहीको नेतृत्वमा नयाँ समिति चयन
- च्यालेन्ज कपको उपाधि बिर्तामोडलाई एन्जिलालाई सम्मान
- वाइसिएलको कार्यक्रममा आउँदै गरेको बस चारपानेमा दुर्घटना, डेढ दर्जन घाइते
- अन्तिम खेलमा नेपाल बिजयी
- खर्बुजा कृषकका पिडा रोप्ने बेलामा बिउ मल छैन, बिक्रीका बेला सुईको हल्ला
- अध्यापनमा पृथक शैली अपनाउदै देवकोटा एजुकेशन
- झापामा ब्युझियो वाईसिएलको बैशाख २२ अधिवेशन