कनकाई अनलाईन
साना किसान झापाली चिया व्यवसायी संघको तेस्रो अधिवेशनले पूर्णकुमार कार्कीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा पृथ्वीनारायण कार्की, सचिव पुष्प निरौला, सहसचिव ज्योति पाठक र कोषाध्यक्षमा भरत विमलीलाई सर्वसम्मत रुपमा चयन गरेको हो ।
आगामी दुई वर्षे कार्यकाल रहेको समितिका सदस्यहरुमा जयदेव राजवंशी, केदार भट्टराई, भीमप्रसाद राजवंशी, श्यामसुन्दर अग्रवाल चयन भएका छन् भने बाँकी ४ जना सदस्य कार्यसमितिले क्षेत्रगत सन्तुलनका आधारमा मनोनयन गर्ने जनाइएको छ । नव निर्वाचित अध्यक्ष कार्कीले अवको कार्यकाल किसानको पक्षमा न्यायोचित वातावरण बनाउन संगठन सुदृढीकरणमा जोड दिएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
Trending
- चारतला माथिबाट खसेर मजदुरको मृत्यु
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा