Kanakai Online

माओवादी केन्द्रले अन्र्तघातीलाई धमाधम कार्वाही थाल्ने


शनिवार, साउन २१, २०७४ |

माओवादी केन्द्रले पहिलो र दोस्रो चरणको निर्वाचनमा पार्टीका आधिकारीक उमेद्धारलाई हराउने नेतालाई कार्वाह ीगर्ने भएको छ ।
पार्टीले दर्जन जिल्ला निल बनेपछि पार्टीलाई अन्र्तघात गर्ने नेतामाथि निर्मम हुन लागेको हो । दोस्रो चरणको निर्वाचनमा झापा लगायतका पुर्वका धेरै जिल्ला निल बनेका थिए ।
भने झापाको कनकाई नगरपालिकामा मेयर उपमेयर र प्राय सवै वडामा माओवादी केन्द्रको जमानत समेत जफत भएको थियो । हारजित स्वाभाविक भएपनि सक्रिय सदस्य भन्दा मेयरकै कम मत आउनुलाई भने शंकाको घेरामा राखिएको छ ।
ती स्थानमा नेता र उमेद्धारनै खरिद भएको आरोप छ ।
केन्द्रीय सचिवालय बैठकको निर्णयअनुसार उसले प्रदेशस्तरमा छानबिन समिति गठन गरेर कारबाही गर्ने तयारी गरेको हो ।
दुई नम्बरबाहेक अन्य सबै प्रदेशमा कम्तीमा तीन सदस्यीय समिति गठन गरी अन्तर्घात गर्ने नेता–कार्यकर्तामाथि छानबिन गरी कारबाही सिफारिस गर्न माओवादी हेर्डक्वार्टरले प्रदेश कमिटिलाई निर्देशन दिएको थियो ।
साउन पहिलो साता बसेको सचिवालय बैठकमा जिल्ला इन्चार्जहरुले अन्तर्घाटीलाई कारबाही गर्न माग गरेपछि छानबिन समिति गठन गर्ने निर्णय भएको छ ।