Kanakai Online

भरतपुर १९ मा रेणु दाहाल २७२ मतले अगाडि


शनिवार, साउन २१, २०७४ |

चितवन, साउन २१ गते । भरतपुर महानगरपालिका वडा नं १९ मा पुनः मतदानको हालसम्म गणना भएको एक हजार ६०५ मत समावेश गर्दा नेकपा ९एमाले०का प्रमुख पदका उम्मेदवार देवी ज्ञवालीले ४१ हजार ५४३ र नेकपा९ माओवादी केन्द्र०की रेणु दाहालले ४१ हजार ३१ मत प्राप्त गर्नुभएको छ ।
सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेका अनुसार राप्रपाका बद्री तिमिल्सिनाको छ हजार ६२५ मत पुगेको छ । त्यसैगरी उपप्रमुखमा काँग्रेसकी पार्वती शाहले ४४ हजार ९१५, एमालेकी दिव्या शर्मा आचार्यले ३८ हजार २१६ र राप्रपाकी रिना गुरुङले छ हजार ९८९ मत प्राप्त गर्नुभएको छ ।
सो वडामा वडाध्यक्षसहित सबै नेपाली काँग्रेसका सदस्यले अग्रता कायम गरेका छन् । सो वडामा हालसम्म दाहालले ज्ञवालीभन्दा २७२ मत बढी प्राप्त गर्नुभएको छ । हालसम्मको परिणाममा भने प्रमुख पदमा ज्ञवाली ५१२ मतले अगाडि हुनुहुन्छ ।
शुक्रबार भएको निर्वाचनमा सो वडामा दुई हजार ८७० मत खसेको थियो । यसअघि सो वडामा दुई हजार ८९७ मत खसेको थियो । पहिलेभन्दा २७ मत कम खसेको हो । सो वडामा तीन हजार ७९७ मतदाता छन् । रासस