Kanakai Online

फर्निचर व्यवसायी खगेन्द्र खरेलद्धारा पत्रकार उपचार कोषलाई सहयोग


शुक्रवार, साउन २०, २०७४ |

कनकाई अनलाईन ।
पत्रकार सहारा उपचार कोषका लागि बिर्तामोडका फर्निचर व्यवसायी खगेन्द्र खरेलले २५ हजार रुपैयाँ प्रदान गरेका छन् ।
नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष एवम् कोषका संयोजक एकराज गिरीलाई खरेलले आज विहीवार बिर्तामोडमा उक्त रकम प्रदान गरेका हुन् ।
नेपाल पत्रकार महासंघ झापा शाखाले एक करोड रुपैयाँको उपचार कोष स्थापनाको लक्ष्यका साथ सञ्चालन गरेको अभियान अन्तर्गत करिब ३० लाख रुपैयाँ जुटिसकेको छ ।
कोषका सहयोग दाता बिर्तामोड–३ निवासी खरेल खगेन्द्र काष्ठ फर्निचर उद्योगका सञ्चालक हुन् ।
उनी २१ बर्षदेखि फर्निचर व्यवसायमा संलग्न छन् । बिर्तामोड उद्योग बाणिज्य संघको साउन २२ गते हुने निर्वाचनका लागि उनले खुल्ला सदस्यमा पदमा उम्मेदवारी समेत दिएका छन् ।
खरेल रोटरी क्लब अफ मिड टाउन बिर्तामोडको पब्लिक डाइरेक्टर, लायन्स क्लब अफ काठमाडौं ग्रीनको एमजीएफ र हनुमन्त पोली इण्डस्ट्रीज खनारका सञ्चालक समेत हुन् । व्यवसायसँगै सामाजिक क्षेत्रमा क्रियाशील खरेलले उद्योगी व्यवसायीको हितका लागि अझ क्रियाशील हुने बताएका छन् ।
पत्रकार महासंघले स्थापना गरेको पत्रकार उपचार कोषमा विभिन्न क्षेत्रबाट सहयोग जुट्ने क्रम जारी रहेको महासंघकी कार्य समिति सदस्य सुशीला संग्रौलाले बताइन् । कोषको व्याजबाट पत्रकारको उपचारमा सहयोग गरिने महासंघका सहसचिव तथा कोषका सचिव केशव भट्टराईले बताए ।
 

सम्बन्धित खबर