कनकाई अनलाईन ।
। झापाको मेचीनगर ७ मा आफनै बाबुले बन्चरो प्रहार गरी छोरालाई सख्त घाईते बनाएको छ ।
१० वर्षिय छोरा मनिस खडियालाई शुक्रवार विहान आज पानी माग्दा नदिएको निउमा बाबु ४० वर्षिय बन्दा खडियाले बन्चरो प्रहार गरी सख्त घाइते बनाएका हुन ।
टाउकोमा चोट लागेका घाइते खडियाको विर्तामोडस्थित विएण्डसी हस्पिटलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता डिएसपी हरिप्रसाद शर्माले बताउँनुभयो । बन्चरो प्रहार गर्ने खडिया मानसिक सन्तुलन ठिक नभएको स्थानीयले बताएका छन । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।