Kanakai Online

सडक बनाउन कांगेस नेताको दवाव


बिहिवार, साउन १९, २०७४ |

कनकाई अनलाईन
 
मेची राजमार्ग अन्र्तगत चारआली चन्द्रगढी सडक खण्ड निर्माण सुरु गरी अलपत्र छाडेर निर्माण ठेकेदार वेपत्तता भएपछि सरोकारवालाले निर्माण सुचारु गर्न ध्यानाकर्षण गराएका छन् ।
नेपाली काँग्रेस झापा क्षेत्र नम्वर ३ का सभापति गणेश पोखरेलको नेतृत्वमा नेपाली काँग्रेस झापाका पूर्व जिल्ला सदस्य देवेन्द्र गौतम, विभूति विद्यामन्दिर चन्द्रगढीका प्राचार्य गोविन्द लम्सालको टोलीले जिल्ला प्रशासन मार्फत सडक विभागलाई काम सुचारु गराउन ध्यानाकर्षण गराएको हो ।
चारआली चन्द्रगढी सडक खण्डको ठेक्का कालिका, कनकाई र याकथुमहाङ जे भीले भ्याट सहित ४१ करोड ६१ लाख ८४ हजार १ सय ४२ रुपैयामा २० किलो मिटर लम्वाई सहित ९ मिटर चौडाई भएको कालोपत्रे निर्माण गर्ने गरी कामको जिम्मा लिएको भए पनि काम अलपत्र छोडेर सम्पर्क बाहिर भएपछि सडक सकस बढेको छ ।
चन्द्रगढी खण्डको सडक ठेकेदारले यस वर्ष सडको चौडाई विस्तारको काम गरी खाल्डाखुल्डी पुर्ने र सडक सहज बनाउने जिम्मेवारी सहित कामको जिम्मा लिएको भए पनि केही ठाउँमा नियम विपरित नालीको माटो निकालेर सडक आसपास पोखरी बनाउँदै धराप थाप्ने काम गरेको छ ।
केही महिना अगाडी भद्रपुरको एस पी मोड नजिक सडकको नालीमा ढुबेर एकजना स्कुले बालकले ज्यान समेत गुमाएका थिए । सडकको दुरदशा वारे स्थानीयले गुनासो लिएर आएपछि झापाका निमित्त प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले समस्या समाधान गर्न पहल स्वरुप सडक विभागका निर्देशकलाई काम सुचार गर्न आग्रह गरेका छन् ।
४० किलो मिटर लम्वाइ रहेको सो सडक निर्माण चर्चाको ५० वर्षपछि दुई खण्डमा विभाजन गरी पहिलो पृथ्वीनगरको सोमवारेदेखि केचनासम्म २० किलो मिटर ४१ करोड ६१ लाख ८४ हजार १ सय ४२ रुपैयामा र चारआलीदेखि सोमवारेसम्म ४१ करोड ६१ लख ८४ हजार १ सय ४२ रुपैया गरी जम्मा ८३ करोड २३ लाख ६८ हजार २ सय ८४ रपैयामा ठेक्का लागेर निर्माण सुरु भएको थियो ।
पहिलो खण्ड अन्र्तगत २० किलोमिटर लम्वाई र ९ मिटर चौडाइको सो सडक निर्माण थालनी भएको एक वर्ष वित्न लाग्दा सडक सर्भे र ५ किलो मिटरमा ग्राभेल भर्ने सामान्य काम मात्र भएको छ भने चारआलीदेखि पृथ्वीनगरको सोमवारेसम्मको दोस्रो खण्डमा ठेक्का लिएर ठेकेदारले केही ठाउँमा नाली खन्ने काम भन्दा अन्य काम नगरी सडकमा खाल्डा छोडेर ठेकेदार सम्पर्क बाहिर गएको हुँदा स्थानीयमा दुर्घटनाको जोखिम बढेर आएको छ ।
यसैगरी पूर्व पश्चिम हुलाकी सडक अन्र्तगत झापा चौक राजगढ सडकको २० किलोमिटर सडक निर्माणको काम पनि सुस्त रुपमा भइरहेकोे छ । ३० महिना भित्र निर्माण सम्पन्न गर्नेगरी कामको जिम्मा लिएका ठेकेदारहरुले काम आगट्ने कार्य मात्र गरेको भन्दै स्थानीयले चिन्ता व्यक्त गर्न थालेका छन् ।