लीलाराज झापाली ।
। १५ स्थानीय तह रहेको झापामा सवैको नतिजा सार्वजनिक हुँदा ६ नगरपालिका सहित ७ स्थानीय तहमा विजयी हुदैँ नेकपा एमाले पहिलो पार्टी बन्न सफ लबनेको छ ।
नेपाली कांगेस २ नगरपालिका सहित ५ स्थानिय तहमा विजयी हुँदा राप्रपा ३ गाउँपालिकामा विजयी हुन सफ लबनेको छ । एमालेले आज बाकी रहेको अर्जुनधारा नगरपालिकामा समेत मेयर र उपमेयर दुवैमा जित निकाल्दै स्थानीय तहको निर्वाचनमा झापामा प्रथम पार्टी बनेको हो । अर्जुनधारा नगरपालिकामा मेयरमा एमालेका हरि राना १३ हजार ८ सय ७९ मत ल्याउदैँ विजयी बने , उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका हेमकुमार खरेलले ९ हजार ६ सय ४१ मत मात्रै बटुल्न सके ।
यसरी एमालेका राना ४ हजार २ सय ३८ मतको झापाकै ठुलो अंकगणितीय विजय निकाल्न सफ लबने । उपमेयरमा समेत एमालेकी कमला आचार्य १२ हजार ८ सय ३१ मत ल्याउदै विजयी हुदा उनकी निकत्तम प्रतिद्धन्द्धी सरस्वती सिटौला १० हजार ५ सय ८९ मत ल्याएर पराजित बनिन् । पछिल्लो मतपरिणाम सार्वजनिक हुँदा अर्जुनधारासगै शिवसताक्षी नगरपालिका , भद्रपुर , विर्तामोड , दमक र कनकाई नगरपालिका र कमल गाउँपालिकामा विजयी भएको छ भने नेपाली कांग्रेसले मेचीनगर र गौरादह नगरपालिका तथा बुद्धशान्ति झापा र बाह्रदशी गाउँपालिकामा विजयी भएको छ भने झापामा निक्कै सुधार गरेको राप्रपाले कचनकवल , गौरीगन्ज र हल्दीवारी गाउँपालिकामा विजयी हुँदै राप्रपा झापामा तेस्रो शक्ति बनेको छ ।
झापामा माओवादी केन्द्रले भने केहि वार्डमा विजयी भएपनि कुनैपनि गाउँपालिका तथा नगरपालिकामा विजयी हुन भने सकेन् ।
वुद्धशान्ति गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका रमेश भुजेल ७ हजार ९ सय ९६ मत ल्याउदैँ विजयी हुनुभयो भने , उपाध्यक्षमा एमालेकी मिरा भुर्तेलले ७ हजार ४ सय ५७ मत ल्याएर विजयी हुनुभयो ।
उहाँहरुका निकत्तम प्रतिद्धन्द्धी क्रमश एमालेका जिल्ला अध्यक्ष चिन्तन पाठकले ७ हजार ३ सय ५३ र कांग्रेसकी चन्द्रकला भट्टराईले ६ हजार ८ सय ४ मत ल्याउनुभयो ।
यसैगरी शिवसताक्षी नगरपालिकामा नेकपा एमालेका चन्द्रकुमार शेर्माले १४ हजार ६ सय ८४ मत ल्याउदैँ मेयरमा विजयी हुनुभयो भने उपमेयरमा समेत एमालेकै भोजकुमारी नेपालले १४ हजार ९ सय ६० मत ल्याएर विजयी हुनुभयो ।
शिवसताक्षीमा कांग्रेसका उम्मेद्धार मेयरमा परशुराम ढुङ्गानाले ९ हजार ८ सय ५६ र उपमेयरमा कांग्रेसकी उम्मेद्धार जयकुमारी चेम्जोङ्गले ९ हजार ३ सय २४ मत ल्याउनुभयो ।
यसैगरी मेचीनगर नगरपालिकामा नेपाली कांग्रेसका मेयरका उम्मेद्धार विमल आचार्यले २० हजार ७ सय ७६ मत ल्याउदैँ विजयी हुनुभएको छ भने उपमेयरमा एमालेकी मिना पोखरेलले १९ हजार ९ सय ९४ मत ल्याएर विजयी हुनुभयो । उहाँका प्रतिद्धन्द्धी मेयरमा एमालेका विष्णु प्रसाईले १९ हजार ४ सय २२ मत र कांग्रेसकी दुर्गादेवि खतिवडाले १९ हजार ७७ मत ल्याउनुभयो ।
फोटो ः नेकपा एमालेको कनकाई नगरपालिकाको विजय र्याली