कनकाई अनलाईन
झापाको बिर्तामोड ४ निवासी समाजसेवी युवा सञ्जीव चापागाईंले पत्रकार सहारा उपचार कोषका लागि २५ हजार रुपैयाँ प्रदान गरेका छन् ।
आज शुक्रबार पत्रकार महासंघ झापाका उपाध्यक्ष एवम् पत्रकार उपचार कोषका संयोजक एकराज गिरीलाई चापागाईंले उक्त रकम हस्तान्तरण गरे ।
समाजसेवामा सक्रिय चापागाई रिभर साइड युथ फाउण्डेशनको अध्यक्ष तथा सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्रका उपाध्यक्ष समेत हुन् ।
पत्रकार महासंघ झापा एक करोड रुपैयाँको कोष स्थापना गर्ने लक्ष्यका साथ अघि बढेको छ ।
कोषमा विभिन्न क्षेत्रबाट सहयोग प्राप्त हुनेक्रम जारी रहेको महासंघ झापाका सहसचिव तथा कोषका सदस्य सचिव केशव भट्टराईले बताए ।
महासंघ कार्यसमिति सदस्य रमेश तिवारीका अनुसार कोषमा दाताहरुको नाम आजीवन रहने साथै प्रदान भएको रकम कोषको रुपमा रहने र कहिल्यै नासिने छैन । कोषको व्याजबाट मात्र पत्रकारको उपचारमा सहयोग गरिने महासंघकी कार्यसमिति सदस्य शुसीला संग्रौलाले बताइन् ।
हालसम्म कोषमा २५ लाख भन्दा बढी रुपैयाँ जुटिसकेको महासंघ झापाका उपाध्यक्ष तथा कोषका संयोजक गिरीले बताए ।
तस्वीरः सन्तोष अधिकारी