Kanakai Online

ताप्लेजुङको दोभान बजारका अग्नि पीडितलाइ राहत सामग्री बितरण


शनिवार, असार २६, २०७८ |

कनकाई अनलाईन

गत असार २५ गते सुक्रबार ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नं ३ खाम्लुङस्थित दोभान बजारका अग्नि पीडितलाइ गिभ टु एशियाको सहयोगमा, ललितपुरमा कार्यलय रहेको ग्रुप फर टेक्निकल असिष्टेन्ट जिटिए संस्थाले राहत सामग्री बितरण गरेको छ ।
गाउँपालिकाको समन्वयमामार्फत यि सामाग्री बितरण गरिएको संस्थाका व्यवस्थापन समिति सदस्य सुर्दशन दाहालले जानकारी दिनुभयो । पीडित ६६ परिवारका सदस्यलाइ प्रति परिवार ३ /३ थानका दरले किटनासक झुल,१–१ थान बाल्टी, ४–४ थान स्यानीटरी प्याड, ५–५ थान सर्बोत्तम लिटोको प्याकेट,१–१ थान साबुन राख्ने भाँडा,३–३ थान साबुन,२–२ थान ओड्ने, ४–४ थान भेष्ट, १–१ प्याकेट मास्क, १–१ बोतल सेनिटाइजर, १–१ थान खेलौना र पानी सुद्धिकारण गर्ने पिउस बितरण गरिएको छ । यस्तै पीडित परिवारका प्रत्येक बिद्यार्थी सदस्यलाइ बिद्यालय पोशाक सहित शैक्षिक सामाग्री समेत बितरण गरिएको दाहालले बताउनुभयो ।

बिद्यार्थीलाइ जुत्ता, झोला, जमेट्री बक्स,ड टपेन, पेनसिल, एबीसी पोष्टर र सामन्य ज्ञान सहितका शैक्षिक सामग्री समेत बितरण गरिएको संस्थाले जनाएको छ । यस्तै पीडित प्रत्येक परिवारलाइ ३ हजार ३ सय रुपैंयाका दरले नगद रकम समेत बितरण गरिएको संस्थाले जानकारी दिएको छ ।
त्यस्तै गरेर समुदायिक स्वस्चता को लागी सामुहिक रुपमा प्रयोग गर्न मिल्ने गरी १ हजार लिटर क्षमताका स्टेन सहितको ५ थान पानी टेन्की मार्फत सामुहिक हात धुने केन्द्र समेत स्थापनाका लागि आवश्यक पर्ने समाग्री हरु गाउपलिका का अधक्ष्य गणेश लिम्बू लाई हस्तान्तरण गरिएको कुरा संस्थाका प्रतीनिधि सुदर्शन दाहाल ले जानकारी दिनु भयो । गिभ टु एशियाको सहयोगमा यो राहत सामग्री बितरण गरिएको समेत जिटिएका व्यवस्थापन समिति सदस्य दाहालले बताउनुभयो । मेरिङदेन गाउँपालिका अध्यक्ष गणेशबहादुर लिम्बू, उपाधक्ष्य कल्पना तुमवहाँअ्फे ताथा वार्ड अधक्ष्य गणेश भण्डारी को उपस्थितिमा उहाँ हरु मार्फत नै राहत सामग्री बितरण गरिएको जिटिएले जानकारी दिएको छ ।
कार्यक्रम सिलसिलामा जिटिएले स्थानिय समुदायका ब्याक्ती हरुलाई आगलागी सुरक्षा सम्वन्धी सचेतनामुलक कार्यक्रम समेत सन्चालन गरेको थियो ।

सम्बन्धित खबर