Kanakai Online

झापामा एमाले ६ कांग्रेस ५ राप्रपा ३ स्थानमा विजयी


शनिवार, असार २४, २०७४ |

 
कनकाई अनलाईन
। १५ स्थानीय तह रहेको झापामा एक नगरपालिका शनिअर्जुन वाहेक १४ स्थानीय तहको नतिजा सार्वजनिक हुँदा ५ नगरपालिका सहित ६ स्थानीय तहमा विजयी हुदैँ पहिलो पार्टी बनेको छ ।
नेपाली कांगेस २ नगरपालिका सहित ५ स्थानिय तहमा विजयी हुँदा राप्रपा ३ गाउँपालिकामा विजयी हुन सफ लबनेको छ । एमालेले पछिल्लो मतपरिणाम सार्वजनिक हुँदा शिवसताक्षी नगरपालिका , भद्रपुर , विर्तामोड , दमक र कनकाई नगरपालिका र कमल गाउँपालिकामा विजयी भएको छ भने नेपाली कांग्रेसले मेचीनगर र गौरादह नगरपालिका तथा बुद्धशान्ति झापा र बाह्रदशी गाउँपालिकामा विजयी भएको छ भने झापामा निक्कै सुधार गरेको राप्रपाले कचनकवल , गौरीगन्ज र हल्दीवारी गाउँपालिकामा विजयी हुँदै राप्रपा झापामा तेस्रो शक्ति बनेको छ । झापामा अर्जुनधारा नगरपालिकाको भने मतगणना जारी रहेको छ ।
झापामा माओवादी केन्द्रले भने केहि वार्डमा विजयी भएपनि कुनैपनि गाउँपालिका तथा नगरपालिकामा विजयी हुन भने सकेन् ।
वुद्धशान्ति गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका रमेश भुजेल ७ हजार ९ सय ९६ मत ल्याउदैँ विजयी हुनुभयो भने , उपाध्यक्षमा एमालेकी मिरा भुर्तेलले ७ हजार ४ सय ५७ मत ल्याएर विजयी हुनुभयो ।
उहाँहरुका निकत्तम प्रतिद्धन्द्धी क्रमश एमालेका जिल्ला अध्यक्ष चिन्तन पाठकले ७ हजार ३ सय ५३ र कांग्रेसकी चन्द्रकला भट्टराईले ६ हजार ८ सय ४ मत ल्याउनुभयो ।
यसैगरी शिवसताक्षी नगरपालिकामा नेकपा एमालेका चन्द्रकुमार शेर्माले १४ हजार ६ सय ८४ मत ल्याउदैँ मेयरमा विजयी हुनुभयो भने उपमेयरमा समेत एमालेकै भोजकुमारी नेपालले १४ हजार ९ सय ६० मत ल्याएर विजयी हुनुभयो ।
शिवसताक्षीमा कांग्रेसका उम्मेद्धार मेयरमा परशुराम ढुङ्गानाले ९ हजार ८ सय ५६ र उपमेयरमा कांग्रेसकी उम्मेद्धार जयकुमारी चेम्जोङ्गले ९ हजार ३ सय २४ मत ल्याउनुभयो ।
यसैगरी मेचीनगर नगरपालिकामा नेपाली कांग्रेसका मेयरका उम्मेद्धार विमल आचार्यले २० हजार ७ सय ७६ मत ल्याउदैँ विजयी हुनुभएको छ भने उपमेयरमा एमालेकी मिना पोखरेलले १९ हजार ९ सय ९४ मत ल्याएर विजयी हुनुभयो ।
उहाँका प्रतिद्धन्द्धी मेयरमा एमालेका विष्णु प्रसाईले १९ हजार ४ सय २२ मत र कांग्रेसकी दुर्गादेवि खतिवडाले १९ हजार ७७ मत ल्याउनुभयो ।
झापा गाउँपालिकाको उपमेयरमा विजयी एमालेकी कुन्तीदेवि वुडाथोकीलाई पदको सपथ खुवाउर्दै निर्वाचन अधिकृत ः रोशनशंकर घिमिरे ः फोटो ः लीलाराज झापाली