द्रोण अधिकारी ।
। भद्रपुर नगरपालिकाका नव निर्वाचित मेयर तथा उपमेयरले नगरको समुन्नतिका लागि आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका छन् ।
नेकपा एमाले भद्रपपुर नगर निर्वाचन कमिटीको आयोजनामा चन्द्रगढीमा सम्पन्न प्रतिबद्धता सार्वजनिक कार्यक्रममा मेयर जीवनकुमार श्रेष्ठ तथा उपमेयर चन्द्रामाया श्रेष्ठले घोषणा पत्र अनुसार काम गर्ने प्रतिबद्धता गरेका हुन् ।
कार्यक्रममा बोल्दै मेयर श्रेष्ठले हाम्रो भन्दा राम्रो पार्टी एमालेले नेतृत्व पाएको भद्रपुर नगरलाई सम्बृद्ध बनाउन इमान्दार भएर काम गर्ने बचन दिए । उनले गाउँ उन्मुख भद्रपुरलाई सम्बृद्ध नगर बनाउँदै महानगरको श्रेणीमा ल्याउने गरी काम गर्ने प्रतिबद्धता जाहेर गरे ।
यस्तै उपमेयर चन्द्रामाया श्रेष्ठले भद्रपुर नगरलाई महिलामैत्री बनाउँदै समानताका लागि प्रतिबद्धता व्यक्त गरिन् । उनले स्थानीय जनप्रशासनलाई चुस्त र दुरुस्त बनाएर नागरिकको सहज पहुँच विस्तारका लागि क्रियाशील रहने उल्लेख गरिन् ।
नगर निर्वाचन परिचालन कमिटीका संयोजक पुष्पराज पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा औचित्यमाथि प्रकाश पार्दै नगर अध्यक्ष ब्रम्मलाल ढुंगानाले नेकपा एमालेले बहुमत पाएकोले नगरको विकासमा सहजता आएको धारणा राखेका थिए । कार्यक्रममा नगर संयोजक अशारु राजवंशीले कर्मचारीतन्त्रमा रहेको स्थानीय शासन जनताका प्रतिनिधिमा आएकोले जनपक्षीय काम गर्न नव निर्वाचित प्रतिनिधिलाई सुझाव दिएका थिए ।
यसैगरी झापा गाउँपालिकाबाट विजयी हुने अध्यक्ष जयनारायण शाह , उपाध्यक्ष कुन्तीदेवि बुडाथोकी लगाँयत सबै वार्डहध्यक्ष तथा परिषद सदस्यहरुलाई प्रमाणपत्र तथा पदको सपथ खुवाइएको छ ।
प्रमुख जिल्ला अधिकारी उत्तम खत्री , स्थानीय विकास अधिकारी खेमराज अधिकारी लगाँयतको उपस्थितिमा प्रमुख निर्वाचन अधिकृत रोशनशंकर घिमिरेले अध्यक्ष उपाध्यक्ष र वार्डअध्यक्ष तथा गाउँपालिका अध्यक्ष जयनारायण शाहले अन्य वार्डसदस्यलाई पदको सपथ खुवाउनुभएको थियो ।
सो कार्यक्रममा गाउँपालिका अध्यक्ष शाहले पिछाडिएको गाउँपालिकाको विकासका लागि सवै पक्षलाई साथमा लिएर जाने प्रतिवद्धता जनाउनुभएको थियो ।
झापाका अन्य नगरपालिका तथा गाउँपालिकाहरु कनकाई , कचनकवल , हल्दिवारी लगाँयातमा धमाधम पदको सपथ खुवाइएको छ ।
फोटो झापा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षलाई पदको सपथ ग्रहण गरिदैँ ः तस्वीर लीलाराज झापाली ।