कनकाई संवाददाता ।
नेकपा एमाले कनकाई नगर कमिटीद्धारा गत असार १४ गते सम्पन्न स्थानिय तहको निर्वाचनमा सहभागि हुने सवैलाई धन्यावाद ज्ञापन गरेको छ ।
विहिबार एमाले पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा निर्वाचन प्रचार समिति संयोजक जनार्दन उप्रेती , पार्टीका प्रदेश कमिटी सदस्य हिरा थापा , जिल्ला समिति सदस्य चन्द्रमोहन उप्रेती , कनकाई नगरबाट विजयी मेयर राजेन्द्रकुमार पोखरेल , उपमेयर मन्जु प्रसाई , वार्डअध्यक्षहरु रोशनराज पोखरेल , परशुराम गिरी , गोविन्द पौडेल , कृष्ण राई , लीला कन्दङ्गबा र प्रेमबहादुर कटुवाल लगाँयातले निर्वाचनमा सक्रिय सहभागि हुनुहुने मतदाता , निर्वाचन अधिकृत लगायत सिङ्गो टिम , प्रहरी प्रशासन , संचारकर्मी , चुनावमा सहभागि हुने सवै दल र आफ्ना नेता कार्यकर्ता सुभचिन्तक सबैमा आभार प्रकट गरेको छ ।
कार्यक्रममा निर्वाचनमा गरिएको आर्थिक आयव्याय समेत केहि समयपछि सार्वजनिक गरिने समेत पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।
कार्यक्रममा कनकाई नगरपालिकाका नवनिर्वाचित मेयर राजेन्द्रकुमार पोखरेलले कनकाई नगरपालिकालाई धार्मिक पर्यटनको नगरीका रुपमा विकास गर्नका लागि आफ्नो प्रतिवद्धता प्रस्तुत गर्दै पराजित भएर बाहिर रहेका अन्य पक्षलाई समेत समेटेर लैजाने वताउँनुभयो । कार्यक्रममा कनकाई नगरक्षेत्रका सक्रिय संचारकर्मी र पार्टीका अन्य नेताको सहभागिता रहेको थियो ।