कनकाई अनलाईन
विर्तामोड ,असार २१ गते । गत असार १४ गते भएको स्थानीय निकायको निर्वाचनमा निर्वाचित कनकाई नगरपालिकाका मेयर ,उपमेयर तथा पदाधिकारीलाई बुधवार (आज) पदको सपथ ग्रहण र प्रमाणपत्र वितरण गरिएको छ ।
कनकाई नगरपालिकाका निर्वाचन अधिकृत रोशनकुमार भट्टराईले नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेल , उपमेयर मन्जुप्रसाई तथा ९ वटै वडाका वर्डाअध्यक्षहरुलाई तथा मेयर राजेन्द्रकुमार पोखरेलले अन्य परिषद सदस्यहरुलाई पदको सपथ ग्रहण गराउनुभएको थियो ।
सोही अवशरमा नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलले बन्दनिषेधित क्षेत्रका रुपमा देशमा प्रख्यात कनकाई नगरपालिकाको गरिमालाई गुम्न नदिने तथा नगरपालिकाभित्र कलकारखाना खोलेर तथा पर्यटन क्षेत्रको विकास गरेर नगरपालिकाको मुख्य समस्याका रुपमा रहेको वेरोजगारी समस्या समधानका लागि आफ्नो टिम लागिपर्ने तथा सुकुम्वासी समस्या र नदिकटानको समस्याको समाधानका लागि आफुहरु लागिपर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।
कार्यक्रममा सांसद प्रेमबहादुर गिरी , कनकाई उद्योग वाणिज्य संघका अध्यक्ष कुमारमणि पोखरेल , नेपाली कांग्रेसका नगर सभापति नेत्रप्रसाद चिमरिया लगाँयातले शुभकामना राख्नुभएको थियो ।
फोटो ः सपथ ग्रहण गर्दै कनकाई नगरपालिकाका नवनिर्वाचित मेयर , उपमेयर तथा वडाअध्यक्षहरु / लीलाराज झापाली