कनकाई अनलाईन
। झापाको बाह्रदशी गाउँपालिकामा नेपाली कांग्रेसका अध्यक्ष र उपाध्यक्ष विजयी हुनुभएको छ ।
अध्यक्षमा खड्गप्रसाद राजवंशीले ५ हजार ५ सय २९ मत ल्याएर विजयी हुनुभएको छ , भने उहाँका निकत्तम प्रतिद्धन्द्धी एमालेका लक्ष्मण पाठकले ५ हजार १ सय ११ मत ल्याउनुभयो । यसैगरी उपाध्यक्षमा समेत कांग्रेसकी रत्ना राजवंशीले ५ हजार ४ सय ५३ मत ल्याएर विजयी हुनुभएको छ । उहाँकी निकत्तम प्रतिद्धन्द्धी एमालेकी गंगा धमला (ढकालले ) ५ हजार ३ सय ५६ मत ल्याउनुभयो ।
यसैगरी गौरादह नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका रोहितकुमार शाह १० हजार ३ सय ८ मत ल्याएर विजयी बन्नुभयो । उहाँका निकक्तम प्रतिद्धन्द्धी नेकपा एमालेका मदन अधिकारीले ९ हजार ८ सय ५४ मत ल्याउनुभयो । उपमेयरमा भने नेकपा एमालेकी गीता भेट्वाल १० हजार ६ सय २० मत ल्याएर विजयी बन्नुभएको छ , उहाँकी निकत्तम प्रतिद्धन्द्धी नेपाली कांग्रेसकी सुमित्रा खरेलले ७ हजार ९ सय ११ मत ल्याएर पराजित हुनुभएको छ ।
यसैगरी कमल गाउँपालिकामा भने रोचक तरिकाले गाउँपालिका अध्यक्षको उम्मेद्धारको छिनोफानो गरिएको छ । अध्यक्षका दुवै उम्मेद्धारको मत वरावरी भएपछि निर्वाचन कार्यलयले गोलाप्रथा द्धारा अध्यक्षको टुङ्गो लगाएको छ । यसरी गोलाप्रथाबाटै निर्वाचित हुनेमा नेकपा एमालेकी अध्यक्षकी उम्मेद्धार मेनुका काफ्ले रहनुभएको छ ।
नेपाली कांग्रेसका अध्यक्षका उम्मेद्धार हुकुमसिंह राई र एमालेकी अध्यक्षकी उम्मेद्धार मेनुका काफ्लेविच समान ८ हजार २ सय ७५ मत आएपछि गोलाप्रथाद्धारा एमालेकी अध्यक्ष मेनुका काफ्लेलाई अध्यक्ष छानिएको थियो । उपाध्यक्षका भने एमालेका वेणुप्रसाद शिवाकोटीले ९ हजार ४ सय १८ मत ल्याएर विजयी हुनुभयो । उहाँकी निकत्तम प्रतिद्धन्द्धी नेपाली कांग्रेसकी दीपा गौतमले ४ हजार ९ सय ९२ मत ल्याउनुभएको थियो ।
झापाको १५ निर्वाचन तह मध्ये हालसम्म घोषणा भएका ८ स्थानिय तहमध्ये नेपाली कांग्रेसले १ नगरपालिका गौरादह सहित झापा गाउँपालिका , बाह्रदर्शी गाउँपालिका गरी ३ वटा स्थानिय तहमा विजयी बनेको छ भने , नेकपा एमालेले १ नगरपालिका कनकाई र १ कमल गाउँपालिका गरी २ वटा , र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ गाउँपालिका गौरीगंन्ज , कचनकवल र हल्दिवारी जितिसकेको छ ।
फोटो ः कनकाई नगरपालिकाका विजयी उम्मेद्धारलाई सपथ खुवाउदैँ निर्वाचन अधिकृत रोशनराज भट्टराई /कनकाई