Kanakai Online

कनकाई नगरपालिकाका एमाले अध्यक्ष पन्तद्धारा राजीनामा


बुधवार, असार २१, २०७४ |

कनकाई अनलाईन
। कनकाई नगरपालिकाका नेकपा एमालेका पार्टी अध्यक्ष कोमल पन्तले मतगणना नसकिर्दै पदवाट राजीनामा दिनुभएको छ ।
उहाँले मतगणना चलिरहेको वेला पार्टीवाट राजीनामा दिनुभएको छ । पन्त एमालेको प्रथम नगर अधिवेशनबाट २ वर्षपहिले पार्टी अध्यक्ष बन्नुभएको थियो । पन्तले वार्डअध्यक्षमा उम्मेद्धारीको दावी गर्दै आउनुभएको थियो , तर वार्डमा पार्टीले अर्कै उम्मेद्धारलाई टिकट दिएपछि उहाँ चुनाव प्रचारमा निस्क्रिय रहदैँ आउनुभएको थियो ।
पन्त झापामै पुराना वामपत्थी नेतामा पर्नुहुन्छ , उहाँले आफुले चुनाव अगाडिनै राजीनामा गर्ने तयारी गरेपनि यसले पार्टीलाई नराम्रो असर पुर्याउने भन्दै निर्वाचन पछाडि मात्रै राजीनामा दिएको वताउँनुभएको छ । निर्वाचनका वेला समेत पत्न चुनाव प्रचारमा निस्किय रहदैँ आउनुभएको थियो । उहाँले वार्डनम्बर ४ मा वार्डअध्यक्षको उम्मेद्धार बन्ने इच्छा जनाउनुभएको थियो ।
४ नम्बरमा गोविन्द पौडेललाई पार्टीले निर्णय गरेपछि उहाँ एमालेपति असयोगी बन्दै आउनुभएको थियो । पन्तले राजीनामा गरेपछि अवको पार्टीका मिटिङको सभापतित्व उपाध्यक्ष चुवालाल राजवंशीले गर्दैछन् ।

सम्बन्धित खबर